योग्यतामा आधारित आप्रवासन प्रणाली स्थापनाको लागि कार्यकारी आदेश ल्याउँदै ट्रम्प

असार २८, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प योग्यतामा आधारित आप्रवासन प्रणाली स्थापना गर्न कार्यकारी आदेशमा काम गरिरहेका छन् । राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यस्तो बताएको हो ।

 

 

स्पेनी भाषाका न्यूज च्यानल टेलीमुन्डोसँगको एक अन्तर्वार्तामा ट्रम्पले डिफर्ड एक्शन फर चाइल्डहूड अराइभल्स (डीएसीए) प्राप्त गर्नेहरुका लागि नागरिकता बन्ने बाटो समेत रहेको आप्रवासनसम्बन्धी कार्यकारी आदेशमा काम गरिरहेको बताएलत्तगै ह्वाइट हाउसले विज्ञप्ति जारी गरेर यस्तो बताएको हो ।

 

 

डीएससीए कार्यक्रमले अमेरिका बस्न आवश्यक कागजपत्रहरु नभएका अभिभावकले अमेरिका ल्याएका बालबालिकाहरुलाई काम गर्ने अनुमति दिनुका साथै उनीहरुलाई अन्य सुरक्षा उपलब्ध गराउँछ । यसले करीब ७ लाख युवाहरुलाई प्रभावित बनाउने अनुमान गरिएको छ ।

‘यो निकै ठूलो विधेयक हुने, निकै राम्रो विधेयक हुनेछ अनि योग्यतामा आधारित पनि हुनेछ । यसले डीएसीएलाई पनि संलग्न गराउनेछ । मलाई लाग्छ कि यसबाट मानिसहरु निकै खुसी हुनेछन् ।’ डीएसीएमा ट्रम्पको कदमबारे सोधिएको प्रश्नको जवाफमा उनले बताए ।

 

 

डीएसीए कार्यक्रम पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा ल्याइएको हो । ट्रम्पले यसलाई खारेज गर्ने कोशिश गरेका थिए । तर गत महीना सर्वोच्च अदालतले यो कार्यक्रम यथावत् रहने सक्ने फैसला सुनाएको थियो ।

ट्रम्पले लामो समयदेखि आप्रवासन प्रणालीमा व्यापक हेरफेर गरेर परिवारको सम्बन्धका आधारमा अमेरिका प्रवेश दिने व्यवस्थाको सट्टा यसलाई योग्यतामा आधारित बनाउन खोजिरहेका छन् । आप्रवास ट्रम्पको चुनावी अभियानको मुख्य एजेन्डा मध्ये एक रहँदै आएको छ । एजेन्सी