टेस्लाले घटायो मोडल वाई एसयूभीको मूल्य

असार २८, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकले मोडल वाई एसयूभीको मूल्य घटाएको छ ।

कार लञ्च गरेको चार महीनामै कम्पनीले यसको मूल्य ३ हजार डलर कम गरेको हो । कोरोना भाइरसको महामारीबीच सुस्ताएको विक्रीलाई टेवा दिन कम्पनीले यस्तो गरेको हो ।

 

 

कम्पनीको वबसाइट अनुसार मोडल वाईको शुरुआती मूल्य अब ४९ हजार ९९० डलर रहेको छ । यो यस अघिको मूल्यको तुलनामा ६ प्रतिशत कम हो । यसअघि भने कारको मूल्य ५२ हजार ९९० रहेको थियो ।

 

 

कम्पनीले मोडल वाइएको डेलिभरी मार्च देखि शुरु गरेको छ । कम्पनीले ल्याएको नयाँ कारले पहिलो त्रैमासमै नाफा कमाएको कम्पनीको १७ वर्षे इतिहासमा यो पहिलो पटक हो । कम्पनीले मे महीनामा मोडल थ्री, मोडल एक्स र मोडल एसको मूल्य कम गरेको थियो ।

दोस्रो त्रैमासमा कम्पनीको विक्रीमा अपेक्षा गरिएभन्दा कम कमी आएको छ । महामारीले विश्वको अटो उद्योग चपेटामा आएको भएपनि कम्पनीको विक्री भने सन्तोषजनक देखिएको छ । एजेन्सी