अभिनेत्री केली प्रिस्टनको मृत्यु

हलिउड अभिनेत्री केली प्रिस्टनको मृत्यु भएको छ । प्रिस्टनको ५७ वर्षको उमेरमा मृत्यु भएको हो । हलिउड स्टार जोन ट्रेवोल्टाकी श्रीमती समेत रहेकी केली दुई वर्षदेखि ब्रेष्ट क्यान्सरसँग लडिरहेकी थिइन् ।

 

 

प्रिस्टनका श्रीमान् जोनले सामाजिक सञ्जालमार्फत केलीको मृत्यु खबर सार्वजनिक गर्दै निकै इमोसनल पोस्ट गरेका छन् ।

‘मेरी राम्री श्रीमती केली दुई वर्षदेखि ब्रेस्ट क्यान्सरसँग लड्दै थिइन् । अन्ततः उनले यो लडाईंमा हारेकी छिन्’ उनले लेखेका छन् ‘कयौं मानिसको प्रेम र सपोर्टका कारण उनले यो लडाईं निकै बहादुरीका साथ लडिन् ।’

 

 

जोनले उपचार गरिरहेका डाक्टर तथा हेल्थ केयरलाई पनि धन्यवाद व्यक्त दिएका छन् ।एजेन्सी