पोखराको चापापानीबाट अवैध लागु औषध सहित पाण्डे पक्राउ

पोखरा। पोखरामा लागु औषधसहित २ जना पक्राउ परेका छन् ।

महोत्तरी जिल्ला घर भई हाल पोखरा महानगरपालिका वडा नं -१२ चापापानी मार्ग बस्ने बर्ष २८ का रोहित कुमार पाण्डेलाई ९७४ थान नाइट्रोभ्याट सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ ।

 

 

मेडिकल क्षेत्र मै काम गर्दै आएका पाण्डे महोत्तरी जिल्लाको स्थायी निवासी भएको प्रहरीले जानकारी दिएको छ ।

पोखरा र त्यस स्थान आसपासका क्षेत्रमा लागु औषधको बेचबिखन हुँदैछ भन्ने बिशेष सुचनाका आधारमा खटिएको प्रहरीको टोलीले हमाललाई बिहिबार साँझ ७ बजेको समयमा चापापानी मार्गबाट नियन्त्रणमा लिएको हो ।

 

 

त्यस्तै बुधबार चितवन प्रहरीसँगको समन्वयमा ब्राउनसुगर मुद्धामा फरार ३० वर्षीय रोहित श्रेष्ठ पनि पक्राउ परेको जनाइएको छ । यस अघि पोखरा-८ फेवासिटी हस्पिटल नजिकैबाट ब्राउनसुगर सहित आकाश शाह पक्राउ परेका थिए । श्रेष्ठ सोही मुद्दाका फरार प्रतिवादी रहेको प्रहरीले उल्लेख गरेको छ ।

उनीहरुलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत मुद्दा दर्ता गरि थप आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरी जनाएको छ ।