साहित्यकार पवन लामिछानेको गीत ‘जिन्दगीको बाटो’ सार्बजनिक

टेक्सासको ड्यालासमा बस्दै आएका साहित्यकार पवन लामिछानेले ‘जिन्दगीको बाटो’ नामक गीत सार्बजनिक गरेका छन्। लामिछाने आफैले लेखेको गीतमा गायक शिव परियारले स्वर भरेका छन्। यो गीतमा दिपक सिलवालले संगीत भरेका हुन्।

पवनले हजुरबुवा पोष प्रसाद लामिछानेको पहिलो वार्षिक पुण्य तिथिका अवसर पारेर यो गीत सार्बजनिक गरेको बताएका छन्। २००१ भाद्र १३ गते गोरखामा जन्मेर २०७६ श्रावण १३ गते, चितवनमा स्वर्गारोहण गर्नुभएका हजुर बुबा पोष प्रसाद लामिछानेको सम्झनामा यो गीत लेखेको पवनले बताए। लामिछाने गजल बाचनमा लोकप्रिय युवा गजल तथम साहित्यकार हुन् ।