नेपालमा १९ हजार ७७१ कोरोना संक्रमित, मृतकको संख्या ५६

काठमाडौं । थप २२४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा नमूना परीक्षण गर्दा २२४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

 

 

यो सँगै संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

निको भएर घर फर्किनेको संख्या १४ हजार ३९९ पुगेको छ भने १२ हजार १११ जना क्वारेन्टिनमा र ५ हजार ३१६ जना आइसोलेशनमा रहेका छन् ।

 

 

कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेका संख्या ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।