नेपालमा थप ३१५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २००८६ पुग्यो

साउन १७, काठमाडौं । नेपालमा शनिवार थप ३१५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६पुगेको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार रौतहट र कैलाली जिल्लामा ५०० भन्दाबढी कोरोना संक्रमित रहेका छन् ।उनले मास्कको प्रयोग नगर्ने २ लाख जनालाई हालसम्म कारवाही गरिसकिएको बताए ।

 

 

हाल आईसोलेशनमा ५ हजार ३३८ जना रहेका छन् । त्यसैगरी क्वारेन्टाइनमा ११ हजार ५३३ जना रहेका छन् । उनले २४ घण्टामा ९३ जना डिस्चार्ज भएको बताए । योसँगै निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।