प्रकाश सपुतको तिजको गीत ‘बदला बरिलै’ एक दिनमै ट्रेन्डिङमा (भिडियो)

गायक प्रकाश सपुते बनाएको ‘बदला बरिलै’ बोलको गीत यूट्युवमा राखेको एक दिनमा नै ट्रेन्डिङमा आएको छ।

बलात्कारको विषयलाई लिएर गायक सपुतले आफ्नै यूट्युव च्यानलमार्फत शनिबार सार्वजनिक गरेको पन्ध्र मिनेटको यो गीत अहिलेसम्म साढे पाँच लाख बढीले हेरिसकेका छन्।

 

 

संगीत क्षेत्रमा भविष्य खोजिरहेकी एक यूवतीको बलात्कारपछि हत्या भएपछि ती युवतीले बलात्कारीसँग लिएको बद्लाको कथा भिडियोमा छ।

समाजमा बढ्दो बलात्कारको घटनालाई लिएर तयार पारिएको पन्ध्र मिनेट लामो गीतमा अभिनेत्री केकी अधिकारीले अभिनय गरेकी छिन्। देवी घर्तीको आवाजमा रहेको यो गीतमा प्रकाशको शब्द तथा संगीत रहेको छ। गायक सपुतले नै भिडियोको निर्देशन गरेका छन्।

 

 

कथाको वर्णन गर्दै गीतलाई निकै आकर्षक शैलीमा निर्देशन गरिएको छ, साथै चलचित्रको शैलीमा प्रस्तुत भिडियोमा नायिका केकी अधिकारीको अभिनयले दर्शकको मन जित्न सफल भएको छ ।

नेपाली लोक सांगीतिक क्षेत्रमा गायक सपुतको ‘बोलमाया’, ‘गलबन्दी’  गित दर्शकले अधिक रुचाइएका गीत हुन् ।

बलात्कार गरी मारिएका र न्याय नपाएका महिलाको बदलाको गीत “बदला बरिलै” प्रिजम रेकर्डिङ स्टुडियोको रेकर्ड गरिएको साथै भिडियो बिपी फिल्म्स नेपालले निर्मण गरेको छ ।
“सम्हालेर राखेको फुल जस्तो जोवन
बरिलै चुड्यो बरै पापीले 
खुलेन कहिल्यै न्यायको ढोका
बरिलै गरिबको चाबीले”