अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै ठगी गर्ने अमेरिकी नागरिक पक्राउ

काठमाडौं / अमेरिकामा कम्पनी दर्ता गरीदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा अमेरिकी नागरिक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ६५ वर्षीय डेनियल ली मक्गी दिउँसो पक्राउ गरेको हाे ।

 

 

काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित भक्तपुर सूर्यबिनायक नगरपालिका-६ घर भएका टुक नारायण श्रेष्ठको एटलास सेक्युरिटी प्राईभेट लिमिटेडलाई अमेरिकामा दर्ता गरी पार्टनर बनाउँछु भनी १० लाख रुपैयाँ ठगी गरेका थिए ।

 

साथै अन्य २ जनालाई बिजनेस भिषामा अमेरिका लान्छु भनी जनही ५ लाख रुपैयाँ ठग्ने प्रयास गर्दागर्दै महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं क्षेत्रपाटीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।