अमेरिकाको ल्यानिफोर्निया जंगलमा भीषण डढेलो, ८ हजार मानिसले घर छाडे

साउन २०,
अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा शुक्रबारदेखि भीषण डढेलो लागिरहेको छ।

एप्पल फायर नाम दिइएको डढेलो आइतबारसम्म २० हजार एकड जंगल क्षेत्रमा फैलिसकेको छ। क्यालिफोर्नियाको डढेलो नियन्त्रण विभागले स्थानीय नागरिकलाई सुरक्षित स्थानमा गएर बस्न आह्वान गरेको छ।

 

 

त्यस क्रममा ८ हजारभन्दा बढी मानिस विस्थापित भइसकेका छन्। क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा यसको धेरै असर देखिएको छ। डढेलो नियन्त्रणको प्रयास भइरहेको छ। १३ सयभन्दा बढी फायर फाइटर्स आगलागी नियन्त्रणमा जुटिरहेका छन्। एजेन्सी