अमेरिकी खुद्रा कम्पनी टार्गेटको स्टोरमा देखिएको फिटबिटको डिस्प्लेको तस्वीर

अमेरिकाको लस एञ्जलसमा अमेरिकी खुद्रा कम्पनी टार्गेटको स्टोरमा देखिएको कञ्जुमर इलेक्ट्रोनिक्स कम्पनी फिटबिटको डिस्प्लेको मिति नखुलेको तस्वीर ।

अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गूगलको फिटबिट खरीदसम्बन्धी प्रस्तावमाथि यूरोपेली आयोगले अनुसन्धान शुरु गरेको छ । गत नोभेम्बरमा गुगलले २ अर्ब १० करोड डलरमा फिटबिट किन्ने सहमति गरेको थियो ।

तर सम्झौताले प्रतिस्पर्धात्मक कानून मिचिने हो कि भनेर आयोगले मंगलवार अनुसन्धान शुरु गरेको छ । तस्वीरः गेट्टी इमेज