नरेन्द्र मोदीले गरे राम मन्दिरको शिलान्यास

साउन २१, नयाँ दिल्ली (भारत) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार अयोध्यामा राम मन्दिर बनाउन शिलान्यास गरेका छन् ।

 

 

दिउँसो करीब पौने १ बजे मोदीले चाँदीका पाँच ओटा ईंटा राखेर मन्दिरको जग बसालेका थिए । अयोध्यामा भव्य गुरुकुल बनाउन भूमि पूजा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री मोदी त्यहाँ गएका योगगुरु रामदेवले बताएका छन् । सो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए ।

 

 

गत नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले बाबरी मस्जिदको गुम्बज भएको ठाउँ हिन्दुहरुलाई दिइने फैसला गरेपछि विवादित स्थलमा राम मन्दिर निर्माणको बाटो खोलेको थियो । मन्दिर निर्माणको योजनाले गति लिएको थियो । एजेन्सी