१५ दिनका लागि काठमाडौं उपत्यका सटडाउन गर्ने निर्णय

काठमाडाैं । काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढेपछि संक्रमण जोखिम राेकथाम,नियन्त्रण तथा व्यवस्थापनका लागि १५ दिन सटडाउन हुने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आगामी आइतबारदेखि लागु हुनेगरी सटडाउनको निर्णय भएको बताए ।

 

 

शुक्रबार उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले निर्णय गरेको हो ।

सटडाउन अवधिभरमा जिल्ला प्रशासन कार्यालयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुनेछ । जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने काठमाडौंका प्रजिअ दाहालले जानकारी दिए ।

 

 

बैठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने र स्थानीय तहलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय गरेको छ ।

सरकारी कार्यालयबाट हुने अत्यावश्यकबाहेकका सेवा बन्द रहने छन् भने आंशिक कार्यालय खोलेर अत्यावश्यक सेवाहरु दिइने निर्णय भएको हो ।

सटडाउनुभित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइकासाथ पालना गराउने कार्यालयमा कम आवतजावत गर्नका लागि आग्रह गरिएको छ ।