नेपाली कांग्रेस पोखरा १२ का क्रियाशील सदस्य गुरुङको निधन

पोखरा २६ साउन ।
भुपु सैनीक संघ कास्कीका जिल्ला कोषाध्यक्ष तथा नेपाली कांग्रेस पोखरा महानगरपालिका १२ का क्रियाशील सदस्य तथा सल्लाहकार वीर ध्वज गुरुङको आज ७६ वर्षको उमेरमा निधन भएको छ ।

मादी गांउ पालिका वडा १, खिलाङ जन्म भई हाल पोखरा १२, पुरानोधारा निवासी सामाजिक, बौद्धिक व्यक्ति तथा पुर्ब गोर्खा क्याप्टेन वीर ध्वज गुरुङकोे उपचारका क्रममा मनिपाल हस्पीटलमा निधन भएको नेपाली कांग्रेस कास्कीका युवा नेता सन्तोष बास्तोलाले बताएका छन् ।

 

गुरुङको पार्थिव शरीरमा पुर्व मन्त्री तथा कांग्रेस काग्रेसका नेता यज्ञ वहादुर थापा नेपाली कांग्रेस क्षेत्र नम्वर एकका सभापति वृजमान गुरुङ प्रदेश एक  ख का सभापति कृष्ण कोइराला पोखरा १२ का वडा अध्यक्ष राम वहादुर कार्की नेपाली कांग्रेस १२ का सभापति राधेश्याम कोइराला नेपाली कांग्रेसका युवा नेता सन्तोष बास्तोला लगाएतले पार्टीको चार तारे झन्डा ओडाएका थिए ।

 

गुरुङको आजै पोखरास्थित रामघाटमा गुरुङ जातिको धार्मिक संस्कार अनुरुप अन्त्येष्टि गरिएको थियो । स्वर्गीय गुरुङका दुई श्रीमती दुई छोरा र एक छोरी रहेका छन् ।