श्रीलंकामा भाइ राष्ट्रपति, दाई प्रधानमन्त्री : बौद्ध मन्दिर सपथ ग्रहण

श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीको सपथ खुवाएका छन्। गत बुधबार भएको संसदीय चुनावमा सत्तारूढ दल श्रीलंका पिपुल्स पार्टीले झन्डै दुई तिहाइ मत हासिल गरेको थियो।

 

 

निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मत परिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक्लैले २२५ मध्ये १४५ सिट हासिल गरेको हो। पूर्वराष्ट्रपति समेत रहेका ७४ वर्षीय राजापाक्षेले आइतबार एक बौद्ध मन्दिरमा सपथ ग्रहण गरेका हुन्।

 

 

जुलाइमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले संसदीय राजनितिमा प्रवेश गरेको ५० वर्ष पूरा गरेका थिए। २४ वर्षीय हुदाँ सन् १९७० मा उनी सासंद बनेका थिए। उनी दुई पटक राष्ट्रपति र तीन पटक श्रीलंकाका प्रधानमन्त्री भएका छन्। गत नोभेम्बरमा राष्ट्रपति निर्वाचित भएपछि गोटवायाले महिन्दालाई प्रधानमन्त्री बनाएका थिए। उनीहरूको गठबन्धनमा रहेको दलले थप पाँच सिट जितेका छन्।एजेन्सी