सामाजिक संजालमा गरीएको टिप्प्णीप्रति वडा अध्यक्ष दियालीको गम्भिर ध्यानाकर्षण

पोखरा, साउन २८

पोखरा महानगरपालिका वडा नं २८ का अध्यक्ष निर्मल दियालीले विकास निर्माणमा अनियमितता भएको र वडाध्यक्ष फरार भयो भनेर सामाजिक संजालमा गरिएको टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

आज एक विज्ञप्ती प्रकाशति गरी अहिलेको विषम अवस्थामा कोभिडबाट प्रभावित र वर्षाबाट सिर्जित विपद प्रभावितलाई राहत तथा विकास निर्माणमा दत्तचित्त भएर लागेको बताउँदै दियालीले कपोलकल्पित आरोप र सामासिजक संजालमा गरिएको टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण भएको बताउनु भएको हो ।

 

 

वडाका जेष्ठ सदस्य विष्णुप्रसाद तिवारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर स्वयं वडाकै कामको सिलसिलामा अन्य सम्वन्धित कार्यालययहरुमा समन्वय गर्न निस्केको बेला राजनीतिक र व्यक्तिगत प्रतिशोध साँधी “वडाध्यक्ष फरार” भन्ने टिप्पणीप्रति आपत्ति प्रकट गर्नुभएको छ ।

विकास योजना, कार्यक्रम र वडाकै काममा पनि अनियमितता भएको भए प्रमाणसहित कानूनी उपचार खोज्ने बोटो हुँदाहुँदै चरित्रहत्या गर्ने किसिमको कुरा गरिएको भन्दै खण्डन गर्नुभएको छ ।

 

 

ऐतिहासिक महत्व बोकेको कालिका पोखरीलाई व्यवस्थित गर्न वडाकै अग्रसरतामा गुरु योजना निमार्ण भएको र आर्थिक वर्ष २०७५÷०७६ को अन्तिममा महानगरको वजेटबाट ५ लाख विनियोजन भएकोमा प्राविधिक इष्टिमेट अनुसार भुक्तानी भएको बताउनु भएको छ । साथै गत आर्थिक वर्षमा कोभिड १९ को कारण वजेट विनियोजन भएपनि काम हुन नसकेको दियालीले बताउनु भएको छ ।

विकास, निर्माण र समृद्धिको लागि हातेमालो गर्दै अघि वढ्नुपर्ने राजनीतिक दल नेपाली कांग्रेसकै नाममा राजनीतिक पूर्वाग्रह राखेर गरिएको यस्तो हतकण्डा लोकतन्त्रमा शोभनिय नभएको विज्ञप्तिमा लेखिएको छ ।

दियालीले विज्ञप्तीमा विकास, निर्माण र महामारीको नियन्त्रणमा सबै दल, स्थानिय, सामाजिक संघ संस्था लगायतसंग सहयोग र समन्वयका लागि अपिल गर्नुभएको छ ।