टेस्लाले ल्यायो शेयर टुक्र्याउने योजना

साउन २८, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले शेयर टुक्र्याउने योजना ल्याएको छ । कम्पनीले अगष्ट ३१ देखि लागू हुने गरी हरेक एक शेयरलाई पाँच टुक्रामा विभाजित गर्दैछ । यो खबर सार्वजनिक भएसँगै टेस्लाको शेयर मूल्य बढेको थियो ।

 

 

शेयर टुक्र्याउनुको अर्थ अझै बढी साना लगानीकर्ताहरुले समेत कम्पनीको शेयर किन्न सक्नेछन् । यस वर्षको अहिलेसम्मको अवधिको टेस्लाको शेयर २२८ दशमलव ५४ प्रतिशतले बढिसकेको छ । कम्पनीले दोस्रो त्रैमासको आर्थिक प्रतिवेदन सार्वजनिक गरेपछि हालैका दिनमा शेयर मूल्य बढेको छ ।

 

 

यद्यपि, पछिल्लो समय टेस्लाको शेयर मूल्य जुलाई १३ मा कायम भएको कीर्तिमानी उचाई प्रतिकित्ता १ हजार ७९४ डलर ९९ सेन्टभन्दा चाँहि २३ दशमलव ४३ प्रतिशत तल छ । एप्पलले पनि जुलाई ३० मा शेयर टुक्र्याउने योजनाको घोषणा गरेको थियो । एजेन्सी