सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि गृह मन्त्रालयले देशभर सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्काे सूचना नभएसम्म साउन २९ गतेबाट लागू हुने गरी पास वितरण बन्द गर्न प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो ।

 

 

पास वितरण नहुने भएपछि एक जिल्लाबाट अर्काे जिल्लामा आवतजावत बन्द हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो आँकडाअनुसार देशभर संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । हालसम्म ९१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।