अमेरिकाले एयरबसमाथिको कर १५ प्रतिशतमै राख्ने

साउन २९,
अमेरिकी सरकारले युरोपेली विमान निर्माता एयरबसका विमानमाथि १५ प्रतिशत कर नै कायम राख्ने भएको छ। बुधबार एयरबसका विमानमा १५ प्रतिशत र अन्य युरोपेली वस्तुमा २५ प्रतिशत कर जारी राख्ने अमेरिकी सरकारले बताएको फक्स बिजनेसले जनाएको छ।

 

 

युरोपेली संघले भने एयरबस र बोइङबीचको सब्सिडी विवाद सुल्झाउन अन्तिम छलफलका लागि अमेरिकालाई आग्रह गर्दै आएको छ। दुई विमान कम्पनीबीचको सब्सिडी विवाद विश्व व्यापार संगठनसम्म पुगिसकेको छ।

 

अमेरिकी व्यापार प्रतिनिधि रोबट लाइथाइजरले विश्व व्यापार संगठनको निर्णय कार्यान्वयन गर्न युरोपेली संघले आलटाल गरिरहेको आरोप लगाएका छन्। उनले वासिङटनले दीर्घकालीन समाधान चाहेको समेत बताएका छन्। एजेन्सी