पासाङ शेर्पाको ‘सयौँ डाँडा काट्दै आएँ’

नेपालय, न्युयोर्क
परिबारसगं छुटिदा श्रीमान् र श्रीमती बिच कस्तो पीडा पोग्नु पर्छ र विदेशी आइसकेपछि उसले कानुनीरुपमा बसोबास गर्ने कति सर्गष गर्नु पर्छ भने गहन बिषयबस्ताुलाई सरल रूपमा आम दर्शक सामु ‘सयौँ डाँडा काट्दै आएँ’ गीत मार्फत पस्केका छन् गीतकार पासाङ शेर्पाले ।

विदेश आउँदा कसरी र कति दुःख पोग्नु पर्‍यो भन्ने कुरालाई बिदेमामा रहेका कयौँ नेपालीहरूको भावनालाई बुझेर गीतकार शेर्पाले गीत मार्फत पोखेका छन् ।

गीतमा गहन विषय बस्तुलाई आम नेपालीहरूले बुझ्ने तारिका मार्फत सरल रूपमा आफ्ना सृजना पस्कन सक्ने क्षेमताका गीतकार पासाङ शेर्पा का विगतमा पनि उतिकै सशक्त गीतहरू बजारमा आई सकेका छन् । विदेशमा बसेर पनि गीत सृजनामा उतिकै सक्रिय शेर्पाका बिगताका गीतहरूले पनि धेरै दर्शकहरूको माया पाएको थियो ।

विगतका गीतहरू भन्दा यो गीतलाई आम नेपाली दर्शकहरूले झन्न धेरै माया गर्नेमा उनी विश्वस्त रहेका छन् ।

विक्रम बरालको स्वरमा सुसज्जित गीतमा परदेशीको दुःखलाई उल्लेख गरिएको छ । हरि लम्सालको सङ्गीत रहेको यो गीतको एरेन्ज राकेश गुरुङले गरेका छन् । रेकर्डिस्ट राजबाबु चौधरी र अजय कार्की हुन् । गीतमा मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छिन् ।
गीतको भिडियो मा गौरव पहाडी र वर्षा राउतलाई देख्न सकिन्छ ।
गीतको निर्देशन निकेश खड्काले गरेका छन् भने गीतको अवधारणा र कथा गीतकार शेर्पाकै हो । भिडियो बुद्ध थापा र ईश्वर थापाले खिचेका छन् । भिडियो मा ९ महिना हिँडेर विदेश आएको, कागजपत्रका लागि दौडधुप गरेको लगायतका दृश्यहरू देखाइएको छ । भिडियो नेपाल र क्यानडामा छायाङ्कन गरिएको छ ।
यती बेला यस गीतले दर्शकको राम्रो माया पाएको छ । गीतकार पासाङ शेर्पा यस गीतको सफलताको लागी शुभकामना ।