अनेसास प्रवक्तामा पूजा मनोनित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रवक्तामा गोवर्ध्दन पूजा मनोनित भएका छन् ।

अनेसासको विधान अनुरुप एकजना प्रवक्ता मनोनयन गर्ने प्रावधान रहेको छ । समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

मनोनित प्रवक्ता पूजा साहित्य र पत्रकारितामा चिरपरिचित नाम हो । अन्नपूर्ण पोस्टको वरिष्ठ उपसम्पादकका रुपका करिब दश बर्षको अनुभव सँगालेका पूजा त्यसअघि हिन्दू, कालान्तर, दिव्यदर्शन, मधूरस,राष्ट्रशक्ति, श्रीदेउरालीलगायतका पत्रिकाको विभिन्न पदमा रहेर कार्य गरेका थिए । नेपाली र भूगोल विषयमा एमए गरेका पूजाका १० ओटा साहित्यिक कृति प्रकाशित छन ।

दश वर्षअघि अमेरिका आउनुअघि पूजाले पत्रकारिता र विभिन्न कलेजमा प्राध्यापन गर्ने गर्दथे। अनेसाको महासचिवमा दुई कार्यकाल बिताएका पूजा हाल वरिष्ठ उपाध्यक्षका रुपमा आबद्ध छन् । मनोनित प्रवक्ताको कार्यकाल दुई वर्षको रहने छ ।