अनेसास सद्भावना दूतमा आचार्य राजन मनोनीत

समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार एवम् चिन्तक आचार्य राजनलाई “अनेसास सद्भावना दूत”मा मनोनयन गरेको छ|
अष्ट्रेलियाको सिडनीमा बसेर साहित्यको संवर्ध्दनमा लागेका राजनको बास्तविक नाम भीमसेन सापकोटा हो | सिन्धुपाल्चोकमा जन्मिएका राजन अध्यात्म र साहित्यका क्षेत्रमा चर्चित नाम हो | नेपालमा रहदा पत्रकारिता र प्राध्यापन पेसामा संलग्न राजन असनेपालन्यूजका प्रधानसम्पादक समेत रहेका छन्|
यसअघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट “अनेसास हिरो’ सम्मान प्राप्त गरिसकेका राजन अनेसासका अष्ट्रेलिया – ओसनिया क्षेत्रका उपाध्यक्षसमेत रहेका थिए| गणतान्त्रिक फिजीका लागि सद्भावना राजदूतसमेत रहेका राजनका प्रश्नमा ईश्वर, भत्किएको पर्खाल, सुख-सूत्रलगायतका साहित्यिक र दर्शनका कृति प्रकाशित छन्| उनि अनेसास अष्ट्रेलिया न्यूसाउथ वेल्स च्याप्टरको संस्थापक समेत हुन् ।
समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा आईतबार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो | मनोनीत “अनेसास सद्भावना दूत”को कार्यकाल दुई वर्षको रहने छ |