पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि

२९ भाद्र, काठमाडौँ ।

नेपाल वायुसेवा निगमका पाइलट विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई पनि संक्रमण पुष्टि भएको छ। आइतबार बिहान स्टार अस्पतालमा गरीएको स्वाब परीक्षणमा लामालाई कोरोना पुष्टि भएको हो । संक्रमति उनीहरु हाल सोल्टी होटलको आइसोलेसनमा छन् ।

 

 

उनीहरु दुवैले तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई दक्षिण सुडान लगेका थिए ।