टिकटकसँग सम्झौता नजिक ओर्‍याकल : ट्रम्प

भदौ ३१, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय इन्टरनेट प्रविधि कम्पनी ओर्‍याकल चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकसँग सम्झौता नजिक पुगेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलवार यस्तो बताएका हुन् ।

 

 

टिकटकको मातृ कम्पनी चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्ससँगको सम्झौताको निकै करीब ओर्‍याकल पुगेको आफूले सुनेको उनको भनाइ छ ।

ट्रम्पको दबाबका कारण बाइटडान्सले टिकटकको अमेरिकी व्यवसाय बेच्न खोजेको छ । पछिल्लो सम्झौतामा बाइटडान्सले बुहमत स्वामत्वि साथमा राख्न खोजेको स्रोतको भनाइ उद्धृत गर्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।

 

 

ट्रम्पले बाइटडान्सलाई टिकटक यूस डाइभेष्ट गर्नका लागि ९० दिनको समय दिएका थिए । सो समय सेप्टेम्बर १५ मा सकिएको छ । सो अवधिसम्म बाइटडान्सले व्यवसाय डाइभेष्ट गर्न नसके प्रतिबन्ध लगाउने चेतावनी ट्रम्पले दिएका थिए । पछिल्लो प्रस्तावमा बाइटडानसले टिकटकको विश्वव्यापी व्यवसायको बहुमत शेयर साथमा राख्न खोजेको छ ।

टिकटकको लागि अमेरिकामा मुख्यालय खडा गर्ने समेत प्रस्तावमा छ । टिकटकले अमेरिका २० हजार रोजगारी सृजना गर्ने प्रस्ताव गरेको सोमवार अमेरिकी अर्थमन्त्री स्टिभन म्नुशिनले बताएका थिए । टिकटकको डेटा व्यवस्थापनको जिम्मा ओर्‍याकलको हुनेछ । ओर्‍याकल बाइटडान्सको प्रविधि साझेदार बन्नेछ । उसँग टिकटकको अल्प शेयर पनि हुनेछ । एजेन्सी