काठमाडौँ उपत्यकामा निषेधाज्ञा हट्यो, सबै पसल-व्यवसाय भोलिदेखि सातै दिन खुल्न पाउने

काठमाडौँ- काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयहरुले पसल व्यवसाय खुला गर्न यसअघि लगाइएको नियम परिवर्तन गर्दै सबै पसल व्यवसाय सातै दिन खुल्न पाउने व्यवस्था गरेका छन्। यससँगै काठमाडौँ उपत्यकामा एक महिनादेखि लगाइएको निषेधाज्ञा अन्त्य भएको छ।

 

 

‘काठमाडौं जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने गरी जोरबिजोर प्रणाली अन्तर्गत सञ्चालन गर्नुपर्नेछ’, सीडीओ कार्यालयको आदेशमा भनिएको छ, ‘अत्यावश्यक सेवा, कार्यालय आवतजावत र सबै प्रकारका ढुवानीका साधनको हकमा जोरबिजोर प्रणाली लागू हुनेछैन।’

 

 

बजार पसल खुल्ने भए पनि भेला हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर गर्न पाइने छैन।