मेरो प्रीत तिमीलाई

नेपाली गीत सङ्गीतमा सानै देखी लागी परेकी गायिका रोजिना गुरुङ्गको हालै मात्र मेरो प्रीत तिमीलाई भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अमेरिकाको न्यु योर्क नै यस गीतको छायाङ्कन तथा रेकर्ड गरिएको गीतमा रोजिना गुरुङ्गको स्वर सृजना डंगोलको रचना तथा ओम कर्माचार्यको सङ्गीत तथा सङ्गीत संयोजक विनय गुरुङ्ग रहेको छ ।

न्यूयोर्कको रमणीय स्थलमा छायाङ्कन गरिएको यो गीत श्रोता तथा दर्शक द्वारा रुचाउने कुरामा सर्जकहरू बिश्वसत छन्। रेकर्डिङ र म्युजिक भिडियो को सम्पूर्ण कार्य न्यूयोर्क स्थित ओम मेगा अडियो एन्ड भिडियो प्रोडक्सनले गरेको हो।

नेपाली तारा छ मा पर्ने सफल गायिका गरुङ्गको यस गीत ले पक्कै पनि आम दर्शक एवं श्रोताको मन छुने छ ।

मेरो प्रीत तिमीलाई यो मेरो हो कुरा
त्यो तिम्रो प्रीत त्यो तिम्रो कुरा भनिएता पनि एक प्रेमीले मन पराएर ब्यक्ता गरिएका अभिव्यक्तिहरू सरल रूपमा व्यक्त गरिएको छ । शब्द ,सङ्गीत र स्वरको तालमेल सबैको मेलले गर्दा गीत मिठो बनेको छ । गीत सङ्गीतमा लामो समय देखी लागी परेका ओम कर्माचार्यको मेहनत पनि राम्रो देखिन्छ यस गीतमा । प्रबसमा बसेर पनि गीत सङ्गीतमा लाग्ने यो टीमलाई यस गीतले सफलताको शिखर चुमोश शुभकामना ।