बुद्ध विशाल बजारमा कार्यरत कर्मचारीको विदाई कार्यक्रम

पोखरा असोज

बुद्ध विशाल बजार ब्यापारीक एसोसियसनले स्वेच्छिक अवकास लिएका कर्मचारीलाई विदाई गरेको

बुद्ध विशाल बजार ब्यापारीक एसोसियसनले बिशाल बजारको सम्पुर्ण  सरसफाईको जिम्मा निजी कम्पनी इजी फ्यासिलिटीलाई दिएपछि त्यहाँ कार्यरत सर सफाई कर्मचारीहरूले स्वेच्छिक अवकास लिएका हुन्

विदाई कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारीक एसोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले बिशाल बजारमा कार्यरतसरसफाई कर्मचारीको योगदानलाई आफुहरूले कहिले पनि भुल्न नसक्ने बताउदै समय परिस्थिति अनुसार बाध्यतावंश सरसफाईकोसम्पुर्ण काम निजि क्षेत्रलाई दिनुपर्ने अवस्था आइपरेको हुदा आफुहरूले नचाहादा नचाहदै पनि आफ्ना प्रिय कर्मचारीको स्वेच्छिकअवकास दिनु परेकोमा आफुहरूलाई दुःख लागेको बताए

कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले पोखराका अन्य मल तथा कम्प्लेस भन्दा बुद्ध विशाल बजारमा ग्राहक वर्गको लागी कुनै कुराको कमिहुन नदिने बताउदै अब देखि शनिवार पनि बिशाल बजार खुला हुने बताउदै ग्राहकलाई १० देखि २५ प्रतिशत सम्म छुटको ब्यवस्थागरिएको बताए

विदाई कार्यक्रममा स्वेच्छिक अवकास लिएका कर्मचारीहरू भिमा क्षेत्री,शान्ति भुजेल मायाँ मगरलाई दोसल्ला,सम्मानपत्र तथा नगदसहित बुद्ध विशाल बजार ब्यापारीक एसोसियसनले बिदाइ गरेको थियो बिदाई कार्यक्रममा अवकास लिएका कर्मचारीहरू निकैभावुक हुदै बुद्ध विशाल बजार ब्यापारीक एसोसियसनले जुन सम्मानका साथ आफुहरूलाई बिदाई गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए

कार्यक्रममा स्वागत मन्तव्य सचिव बुद्वी बहादुर कुवरले गरेका थिए भने धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष प्रदिप कुमार मुल्मीले गरेकाथिए भने कार्यक्रम सन्चालन बुद्ध विशाल बजार ब्यापारीक एसोसियसनका महासचिव ईन्द्रराज अर्यालले गरेका थिए