दीपाले ल्याइन् ” मैले कोरेको चित्र”

बोस्टन , अमेरिका
साहित्यकार दीपा राई पुनले ” मैले कोरेको चित्र” बोलको गीति भीडीयो सार्वजनिक गरेकी छिन् |
बिहीबारबाट युट्युवमार्फत सार्वजानिक भएको उक्त गीतलाई हरि लम्सालले संगीत गरेका छन् भने प्रतापदासले स्वर भरेका छन्|
निकेश खड्काको निर्देशनमा तयार भएको गीति भीडीयोमा नायिका प्रियंका कार्की र नायक आयुशमान देशराजले अभिनय गरेका छन्|
बिशेषतः कविताका क्षेत्रमा कलम चलाउदै आएकी दीपाको प्रस्तुत गीतको निर्माण उनकी आमा बिमला राईले गरेकी हुन्|
मायामा बिश्वास गर्नेहरूको कथा बोकेको उक्त गीतमा सुन्दर दृश्यलाई कैद गरिएको छ| चलन चल्तिको गीत भन्दा फरक धारमा गीत लेख्दै आपकी दीपाको भीडीयोलाई बुध्द थापाले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन्|