चुनावमा पराजित भएपनि सत्ताबाट सहजै नबाहिरिने ट्रम्पको चेतावनी, बाइडेनद्वारा आपत्ति

चुनावमा पराजित भएपनि सत्ताबाट शान्तिपूर्ण बहिर्गमन नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी सार्वजनिक भएपछि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

 

 

वाइडेनले चुनाव हार्ने देखेर ट्रम्पबाट उक्त अभिव्यक्ति आएको प्रतिक्रिया दिनुभएको छ । यसअघि सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनका बेला पनि ट्रम्पले यस्तै विवादास्पद अभिव्यक्ति दिनुभएको थियो ।

कोरोनाको महामारीका कारण हुलाकमार्फत मतदान गर्ने तयारी भइरहेका बेला दोस्रो कार्यकालका लागि चुनावी मैदानमा रहनुभएका ट्रम्पले मत परिणाम आफ्नो प्रतिकूल आए सर्र्वोच्च अदालत पुग्ने चेतावनी दिनुभएको छ ।

 

 

निर्वाचनअघि धाँधली हुने भन्दै ट्रम्पले मतपरीणाम अस्वीकार गर्ने बताउनुभएको थियो ।

वाइडेनले अमेरिकी सरकार चुनावी मतपरीणामलाई कार्यान्वयन गर्न सक्षम रहेको बताउँदै ट्रम्पले हारे उनलाई ह्वाइट हाउसबाट हटाउने बताउनु भएको छ । (एजेन्सी)