पाकिस्तानी पूर्वमन्त्रीलाई महिला सांसदले यौन शोषणको आरोप लगाइन्

इस्लामाबाद : पाकिस्तानी पूर्वगृहमन्त्री तथा पाकिस्तानी मुस्लिम लिग–नवाजका नेता तलाल चौधरीविरुद्ध यौन शोषणको आरोप लागेको छ ।

 

चैधरीको आफ्नै पार्टीकी राष्ट्रियसभा सदस्यले उनलाई यस्तो आरोप लगाएकी हुन् । आयशा राजब अलीका अनुसार गत सेप्टेम्बर २३ को रातमा चौधरीले यस्तो शोषण गरेका थिए । फैसलाबादस्थित अलीको घरमा चौधरी पार्टीको आन्तरिक छलफलका लागि गएका थिए ।

 

त्यस क्रममा चौधरीलाई अलीका परिवारले घरमै कुटपिट गरी घटनास्थलमा प्रहरीलाई बोलाएको समेत बुझिएको छ । त्यस बखत चौधरीले घटनास्थलबाट प्रहरीका बरिष्ठ अधिकृतलाई फोन गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर प्रहरीले पछि उक्त घटनालाई ‘मिसअन्डरस्ट्यान्डिङ’ भनेको छ । यद्यपि सरकारी उच्च अधिकारीहरुले यस घटनालाई छानविन गर्ने बताएका छन् ।एजेन्सी