असोज १९ बाट खुल्दै तातोपानी नाका

आश्विन १३ गते,

चीनसँगको व्यापारिक तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ ।

 

नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो ।

 

 

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको बताए । दुई पक्षीय बैठकमा चीनतर्फको ल्हासाका अधिकारी र नेपालतर्फबाट सीडीओ ढकालसहितका अधिकारीहरु सहभागी थिए ।