मन्त्री फेर्न ओली-प्रचण्डको दिनहुँ भेट : हात लाग्यो शुन्य

आश्विन १३ गते,

मन्त्रिमण्डल भागवण्डाको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । आजको छलफल मन्त्रिमण्डलको संख्या र भागवण्डाबारे निर्णायक हुने बताइएको छ ।

 

 

पटक पटकको वार्ताबाट दुवै अध्यक्षबीच सहमति हुन नसकेपछि आज फेरि वार्ता चलेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फुटाएर २५ बनाउने र त्यसमा प्रचण्डलाई यसअघिको जत्तिकै ७ मन्त्रालय दिने प्रस्ताव गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, प्रचण्डले कम्तिमा १० मन्त्रालयमा दाबी गरेका छन् ।

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम पक्षलाई पनि मिलाउनुपर्ने भन्दै ओलीले भागवण्डामा प्रचण्डलाई यसअघि पाएकोभन्दा नबढाउने प्रस्ताव गरेका हुन् । पार्टीभित्रको सबै पक्षलाई मिलाएर लान ओलीले भागवण्डा मिलाउन प्रचण्डसँग सहमति गर्न खोजेका हुन् ।

 

 

उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा लैजाने, कुनकुन मन्त्रीलाई हटाउने र केही मन्त्रालयमा हेरफेर गर्ने विषयमा दुई अध्यक्षबीच सहमति हुन नसकेको नेकपा स्रोतले जनाएको छ। यिनै विषयका कारण निरन्तर छलफल भए पनि दुई अध्यक्षबीच सहमति हुन नसकेको हो। अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेर मात्रै मन्त्रीको नाम तय गर्नुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिए पनि उनी त्यसमा सहमत नभएको स्रोतले जनाएको छ।  कान्तिपथबाट