महामारीयता अम्बानीले कमाए प्रतिघन्टा ९० करोड रुपया

नयाँ दिल्ली (भारत) । कोरोना भाइरसको महामारीका कारण यस वर्ष विश्वभर सबैका लागि कठिन रहेको छ ।

भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण व्यावसायिक गतिविधिहरू प्रभावित भएका छन् भने कयौंको रोजगारी गुमेको छ । तर यस्तो अवस्थामा पनि भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीले भने प्रतिघन्टा ९० करोड रुपया कमाइरहेका छन् ।

मार्चमा लकडाउन भएयता उनको सम्पत्ति सो स्तरमा बढिरहेको मंगलवार सार्वजनिक भएको हुरुन इन्डिया रिचलिष्टले देखाएको हो । पछिल्लो सूचीअनुसार अम्बानीको सम्पत्ति २७ खर्ब ७० अर्ब रुपयाले बढेर ६५ खर्ब ८० अर्ब रुपयामा पुगेको छ । योसँगै अम्बानी सूचीमा लगातार नवौं पटक पनि शीर्ष स्थानमा रहेका छन् । एजेन्सी