गूगल मिट एक घण्टा मात्रै नि : शुल्क

सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गूगलको गूगल मिट’ सेवा अब एक घण्टा मात्रै नि : शुल्क प्रयोग गर्न पाइने भएको छ ।

शुरुमा सवै नि : शुल्क सेवा दिएको भएपनि सेप्टेम्बर ३० देखि एक पटकमा बढीमा ६० मिनेट मात्रै नि : शुल्क प्रयोग गर्न पाइने भएको हो ।

‘विगतमा १०० जनाभन्दा बढी मान्छेहरूसँग एकै पटकमा असीमित समयसम्म नि : शुल्क बैठक तथा कुराकानी गर्न मिल्ने व्यवस्था थियो, अब त्यसको समय सीमित गरिएको छ,’ कम्पनीका एक जना प्रवक्ताले भने ।

यसको अन्य सेवा तथा कार्य प्रणालीमा कुनै परिवर्तन नगरिएको र परिवर्तन गरिएमा जानकारी गराउने पनि उनले बताए । कोरोना भाइरसको महामारीबीच भिडियो कन्फ्रेन्सको माग बढेपछि कम्पनीले केही समयअघि मात्रै गूगल मिट सेवा शुरु गरेको थियो । एजेन्सी