न्यूयोर्क, यूनियन पार्कमा उभिएका महात्मा गान्धी

किशनसिंह धामी

अक्टुवर २, अर्थात महात्मा गान्धीको जन्म जयन्ती । पिता करमचंद गान्धी र माता पुतलीबाई गान्धी को कोखबाट २ अक्टुवर १८६९ मा भारतको गुजरात राज्यमा भएको थियो । त्यतिखेर यीनलाइ मोहनदासको नामले बोलाउने गर्दर्थे । बालक पनमा धेरै डराउने गर्नु हुन्थ्यो अनि उनलाइ स्याहार गर्ने सुसारेले तिमीलाइ डर लागेको बेला भगवान रामको नाम फूकार भन्नु हुन्थ्यो त्यहि सल्लाह मानेर उनी डरमा बिजय भए । साथीहरु संग लज्जाउने भएकाले धेरै साथी बनाउन सकेन । त्यो समयको परम्परा अनुसार छ कक्षामा पढदा अर्थात १४ बर्षको उमेरमा कस्तूरबासंग बिवाह गरे । १८८७ मा हाइस्कूल पास गरेका थिए । त्यो भन्दा दुइ बर्ष अगाडी पिताको देहवसान भएको थियो । उच्च शिक्षाकालागि बेलायतमा अध्ययन गर्न जानु भयो । उनि हुर्केको ठाउ भन्दा बेग्लै किसिमको रहन सहन र खान पिन भएकोले केहि समय धेरै कस्टकर जीवन बिताउनु भयो । तिन बर्षको अध्ययन पछि १८९१ मा भारत फर्कनु भयो तर दुःखको कुरा के थियो भने उनि लण्डनमा पढदा माता पुतलीबाइ को देहवसान भइसकेको थियो । पढाइमा असर पर्छ कि भनेर उन्को परिवारले थाहा गराएको थिएन ।

पढाइ सकेर भारत फर्के पछि, जागीरको सिलसिलामा दुइ बर्ष जति राजकोट र बम्बै तीर बरालिए चित्तबुझ्दो जागीर नपाएर एउटा धनी ब्यपारीका साथ १८९३ मा दक्षिण अमेरिका हानिए जहाँ उनले वकालतको जागीर गरे ।

तत्काल दक्षिण अमेरीकामा पनि ब्रिटिसको एकाधिकार चलेको थियो । भारतीय मूलका भारतीय र मूल दक्षिण अफ्रिकन अनि अग्रेजहरुका लागि अलग अलग नियमहरु थिए । त्यहाँका काला जाती र भारतीय मूलका ब्यक्तिहरु माथि अग्रेजी सेतम्यहरुले गरेको अत्याचार र दुरव्यवहारका बिरुद्ध अवाज उठाउदा गान्धीले कष्टकर जीवन भोग्नु पर्यो ।
तै पनि त्यो समयमा अग्रेज र डचहरुको युद्धमा गान्धीजीले अग्रेजहरुलाई सहयोग गरेको हुदा भारतमा केहि अधिकारहरु प्रदान गरे, केहि कानुनहरु प्रिव्रतन भए जसले गर्दा गान्धीजी प्रशन्न भए । र प्रथम विश्व युद्धसंगै भारत फिर्तिको निर्णय गरे र गान्धीजी १८९१ मा भारत फिर्ता भए । भारतमा आए लगतै सत्याग्रहका बिभिन कार्यहरु गरे । स्वदेशी आन्दोलनका दौरान उनले सपरिवार जेल भोग्नु पर्यो, जहाँ गान्धी पत्नीको मृत्यु भयो । अग्रेज सरकारले आन्दोलन दवाउन हर प्रयास गर्यो तर सफल हुन सकेन । यहि बिचमा युरोेपमा बिश्व युद्ध सुरुभयो, अग्रेजले भारतको साथ माग्यो । तर गान्धीजी अडिक बने भारत जबसम्म स्वतन्त्र हुदैन तब सम्म केहिगर्न सक्दैन । भारतीय राष्टिय काग्रेसले १९४२ भारत छोडो प्रस्ताब पारित गर्यो । जापानमा भएका अग्रेज फौजबाट भारतीय सैनिकले धमाधम छोडन थाले । अनि अग्रेजहरु डराउन थाले अब भारतमा शासन गर्न सजिलो हुदैन । उच्चतहका नेताहरुलाइ रिहा गरेर पार्टिका नेताहरुसंग बार्ता गरि जोडिएका सिमानाहरु बिवादित छोडेर भारत स्वतन्त्र हुन पुग्यो ।

गान्धीले आर्कालाइ अहिसाको उपदेश दिएनन, र अहिँसाको लागि प्रर्थाना गर पनि भनेनन, अहिसा भनेकै आर्कालाइ नोक्सान हुनुबाट बचाउनु थियो जुन उनले लागु गरे ।
आजको प्रमाणुकिय दुनियामा अहिँसा भनेको कमजोरीका लक्षण हुन भन्ने भ्रमिक शोचमा यसले कुनै असर पार्र्दैन । किनकी यसलाइ पालना गर्नकालागि बिचारमा अनुशासनको आवाश्यक्ता पर्छ । नैतिक बिश्वासले नै बिरोधि प्रति वैर मनुस्यता नराख्ने शक्ति प्रदान गर्दछ ।

त्यहि सच्चाइको शक्तिले नै प्रमाणुशक्तिलाइ बिजय गर्छ, सत्यको शक्तिमा नै विजय छ, त्यसैले उनको भनाइ छ हिँसाले कहिले पनि नसकिने हिँसा जन्माउँछ, हिसाको उदेश्य आरोपित हुनु वा दमन गर्नु हो जसबाट अस्थाइ विजय हुन्छ । अहिसााको उदेश्य विरोधि प्रवृत गर्नु, सम्झाउनु र मान्नु हो जसले स्थाइ विजय गराउछ, जहाँ सत्यतामा शाक्तीको बिजय हुन्छ । त्यसैले गान्धीले कहिलै पनि शान्तिको शब्द निकालेनन्, मात्र अहिँशाको मार्ग दर्शनमा लागे रहे ।

गीतामा अर्जुनलाइ कृष्णले हतियारको बारेमा सिकाएर युद्ध बिजय गरे पनि महात्मा गान्धीले बिना हतियारले युद्ध गरेर एक कदम अगाडी बढे । जुन बिसौँ सताब्दीले विश्वलाइ आँखा खुलायो र संयुक्त राष्ट्र महासंघले अक्टुबर २, २००७ देखि अन्तराष्ट्रिय अहिँस दिवस मनाउन सुरु ग¥यो ।
कर्म योगी महात्मा गान्धी कुनै दार्शनिक होइनन्, साधक पनि होइनन्, आदर्शवादी पनि थिएनन् । शिक्षाविद पनि थिएनन्, बैज्ञानिक पनि थिएनन् र लेखि रहने लेखक पनि थिएनन् । त्यसैले उन्ले भन्ने गर्देथे “मेरो जीवन मेरो संदेश हो” ।

नेपालको राजनीतिमा नेता हु भन्नेहरुले शान्ति चाहन्छन् र भन्छन पनि । सन्धि भन्ने शब्द प्रयोग गर्यो । माओवादीले देशलाई हिँस्रक बनाएर राष्टले के पायो, जनताले के पायो ? । जनतालाई तर्साएर, मर्काएर, फकाएर, हिर्काएर देश खुकोलो बनाएर नेताहरुले आफ्नो आर्थिक, चाररित्रिक, पारवारीक, शाररीक मोटाउनु बाहेक के गरेको पो छ र ? । गरिखान देऊ भन्ने नेपालीहरु बिदेशमा हात पाखुरा खियाएर पसिनाको कमाइबाट पाएको रेमिटेन्सले ती नेताहरु भूढी भर्दैछन् ।
तर गान्धीले स्वदेश आन्दोलन गरे । स्वदेशी उत्पादनमा प्रोतसाहन दिए । भारतीय जनतालाइ आत्म निर्भर बनाए, कुनै पनि प्राणिलाइ नोक्सान हुनबाट पुर्ण रुपले बचाए र बचाउन सिकाए ।

विश्वमा गान्धी अनुसरण गर्ने महान नेताका जीउँदा तस्विर संगै न्यूयोर्क को यूनियन पार्कमा राखिएको महान तस्विरले महानता दर्शाउँछ । सत्यको बिजय पथमा लम्कौँ ।