ढिकालेथर सहकारीको स्थापना दिवसको उपल्यक्ष्यमा बृद्द बृद्दाहरुलाई नगद तथा फलफुल वितरण

पोखरा १८ असोज ।
ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्था पोखरा १२ को नवौ स्थापना दिवसको उपल्यक्ष्यमा वात्सायान बृद्द आश्रममा पोखरा १४ मा बृद्द बृद्दाहरुलाई नगद तथा फलफुल वितरण गरेको छ ।

 

ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सृजना सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा १४ का वडा अध्यक्ष प्रेम वहादुर कार्कीले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्दघाटन गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष प्रेम वहादुर कार्कीले ढिकालेथर महिला बचत तथा ऋण सहकारी संस्थाले वात्सायान बृद्द आश्रमका बृद्द बृद्दाहरुलाई नगद तथा फलफुल वितरण गरेकोमा सहकारीका अध्यक्ष लगाएत संचालक समितिलाई धन्यवाद दिदै बृद्द बृद्दाहरुको आशिर्वादले सहकारीको उत्तोरउत्तर प्रगतिको कामना गरेका थिए ।

 

सहकारीकी सचिव सिता आचार्यले सन्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक सिता दाहालले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रममा वात्सायान बृद्द आश्रममा अध्यक्ष बोधराज कार्की सहकारीका सल्लाहकारहरु बल बहादुर कार्की, कुल प्रसाद दाहाल  ब्यवस्थापक अनु पाठक लगाएतले बोलेका थिए ।