नाकमा देखिने यी दुई लक्षण कोभिडको संकेत हुन सक्छ

हालको समयमा धेरै व्यक्तिहरू घरबाट बाहिर निस्किन थालेकाले संक्रमित हुने सम्भावना पनि तीव्ररूपमा बढेको छ ।

पहिला सास फेर्दा गाह्रो हुने, ज्वरो तथा सुख्खा खोकीलाई कोभिड १९ को पहिलो संकेत मानिन्थ्यो । तर, कोभिड विभिन्न व्यक्तिमा बेग्लाबेग्लैरूपमा प्रस्तुत हुँदै आएको छ । नाक बग्ने वा नाक बन्द हुने कोरोना भाइरसका लक्षणहरू होइनन्, तर केही संक्रमितले भने नाक बन्द हुने र सिँगान बग्ने रिपोर्ट गरिरहेका छन् ।

संक्रमण भएको हल्का अवस्थामा मानिसमा ज्वरो, खोकी, गन्ध हराउनेलगायतका अन्य लक्षणको अभावमा नाक बग्ने र नाक बन्द हुने लक्षण देखापर्न सक्छ, जसलाई फ्लू वा सामान्य रुघा सोचेर बेवास्ता गरिने हुन्छ । सिँगान बग्ने तथा बन्द नाक भएमा रुघा, फ्लू वा कोभिड भनेर छुट्याउन गाह्रो हुन सक्छ । त्यसैले सिँगान बग्ने तथा बन्द नाकसँगै अन्य लक्षण पनि ध्यान दिन महत्वपूर्ण हुन्छ ।

नाकमा दैखिने यी दुई समस्याबाहेक सुक्खा खोकी, ज्वरो, अस्पष्ट थकान र सास फेर्ने गाह्रो महसुस हुँदैछ भने संक्रमण भएको हुन हुन्छ । प्राय फ्लु वा साधारण चिसो भएमा सास फेर्न गाह्रो हुँदैन । तर, कोभिडमा सास फेर्न गाह्रो हुनु सामान्य लक्षण हो । चिसो वा फ्लू जस्तो लक्षणहरू (नाक बग्ने तथा नाक बन्द हुनेसहित) को अनुभव गरेमा कोभिडको शंका गर्दै सावधानी अपनाउनु पर्छ ।

हल्का लक्षणसहितको संक्रमितले पनि अरुलाई उच्च जोखिममा राखिरहेको हुन्छ ।एजेन्सी