सुनार भए नेपालकै कान्छा उमेरका सिडिओ

काठमाण्डाै, १५ फागुन– जाजरकोटका  २९ वर्षीय युवा सुरेश सुनार  नेपालकै सबैभन्दा कान्छा उमेरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएका छन्।

सुनार यसअघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए । ६ वर्षअघि शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका उनले गत वर्ष लोकसेवा आयोगको परीक्षामा उपसचिवमा नाम निकालेका थि ए । उपसचिव भएलगत्तै उनी बाँकेको सहायक प्रजिअ भएका थिए ।