लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक

२०२९ साल भदौ २५ गते शनिबार पिता शिवप्रसाद न्यौपाने, माता सीता न्यौपानेको कोखबाट बलाम, बेलटारी, स्याङजामा जन्मिएका लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने हामी सबैले सुनि राखेको नाम हो । उनका श्रीखण्ड चन्दन, फूलको वासना, ऐना हेरेर, झिलभिल सितारा, मिर्मी मुनि काली थुनेको, रुन्छ नि मन किन रुँदैन, सरर पानी घट्टमा, घाम जस्तो चम्किलो जुन हँुदैन, म त हिँडे पोखरा माया हिड्यो दाङको बसैमा, ढुङ्गे धारामा लगायतका लोक दोहोरी गीतहरु चर्चित छन् । १ हजारभन्दा बढि गीतहरुमा स्वर दिइसकेका न्यौपानेका निजी एल्बमको संख्या ४० को हाराहारीमा रहेका छन् । 

न्यौपानेले स्कुलको शिक्षा सत्यदेवी प्रावि र सरस्वती मावि स्याङ्जाबाट पूरा गरेका थिए भने उच्च शिक्षा आरआर क्याम्पस, काठमाडौंबाट गरेका थिए । न्यौपाने लोक दोहोरी गीत प्रतिष्ठानको निवर्तमान अध्यक्ष पनि हुन् । कार्यक्रमको शिलशिलामा १७ देशमा पुगिसकेका न्यौपाने आजकलको दोहोरीमा फोहोरी भयो भन्ने गुनासोमा केही मान्छेले त्यसो गरे भन्दैमा समग्र दोहोरीलाई दोष लगाउन मिल्दैन भन्छन् । लोकदोहोरी क्षेत्रका विविध विषयमा रहेर लोक दोहोरी गायक न्यौपानेसँग नेपालय पाक्षिकका लागि मनोहरि पौडेलले गरेको कुराकानी ः

purushottam neupaneलोकदोहोरी क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ?
औपचारिक रुपमा रेडियो नेपालबाट २०४६ सालमा स्वर परीक्षा पास गरेको हुँ । त्योभन्दा अगाडि बेलटारी गाउँमा हुँदा स्कुलमा पढ्दादेखि नै गाउने गर्थें । स्कुलमा हुने विभिन्न प्रतियोगिताहरुमा पनि गाउने गर्थें ।
लोक गायनको क्षेत्रमा लाग्ने प्रेरणा कोबाट पाउनुभयो ?
मेरो बुबा पहिल्यैदेखि गीत गाउनुहुन्थ्यो । गाउँमा भजन गाउन जाँदा खैजडी मुजुरा लिएर मलाई पनि सँगै लिएर जानुहुन्थ्यो । बुबाको स्वर मेरोभन्दा नि राम्रो छ । आवाज चाहीँ प्रकृति प्रद्दत्त भयो । उहाँकै प्रभाव मलाई प¥यो । गाउँमा हुँदा साथीभाइसँगै घासपात गर्दा गीत गाउने गर्थें । साथीहरुले हौसला दिन्थे । स्कुलका कार्यक्रममा पनि भाग लिएर उत्कृष्ट हुन्थें । स्कुलमा नारायणप्रसाद न्यौपाने र रेशम राना सरले पनि निकै हौसला दिुनुहुुन्थ्यो । पछि नारायण रायमाझीलाई सम्झन्छु म । उहाँले क्यासेट निकाल्न सहयोग गर्नुभयो ।
हालसम्म कति गीत गाउनुभयो ?
मेरा निजी एल्मवको संख्या त ४० को हाराहारीमा छन् । स्वर दिएको गीतको संख्या त १ हजार भन्दा बढि नै पुगिसके ।
कार्यक्रमको शिलशिलामा कतिवटा देशमा पुग्नुभयो ?
बेलायत, सिंगापुर, दुबई, हङकङ, जापान, कोरिया, ब्रुनाई, मलेसिया लगायत १७ देशमा पुगेको छु । पहिलो सुरुवात कतारबाट गरेको हुँ ।
अहिले ठेट लोकदोहोरी गीत आउन छोडेका छन्, किन होला ?
पहिलेपहिले गीत संकलनको लागि ठाउँ मै पुग्नुपथ्र्यो । पहिला संकलन गरिन्थ्यो अहिले कोठा मै रचना गरिन्छन् । संगीत ट्युनिङ गरिन्छन् । त्यस्तो चाहिँ एउटा कलाकारको अनविद्यताका कारण हुन्छ । अर्को कुरा चाहिँ विभिन्न समयमा विभिन्न फ्लेवर परिवर्तन हुँदै आएका छन् । एक समय ठट्यौली पाराका गर्नु ग¥यौ बलराम भैंसी पालेर जस्ता गीत पनि आए । अप बिटका गीत पनि आए । मायाप्रेमका गीत पनि छँदैछन् । केही लोक गीतको मर्म मारेर दिस इस अ आँपको दाना इट इज अ पाकेको जस्ता अंग्रेजी शब्द राखेर पनि गाइए । तर यो हुनु हुँदैन ।
25380_110589292302929_7222455_nआजकल दोहोरी फोहोरी भयो भन्ने गुनासो छ नि ?

केही मान्छेले त्यसो गरे भन्दैमा समग्र दोहोरीलाई दोष लगाउन त मिल्दैन । क्षणिक लोकप्रियताका लागि, स्टेजमा चल्नका लागि, दुई चार पैसा कमाउनका लागि केहि व्यक्तिहरुले त्यसो गरेका छन् । व्यक्तिगत प्रोफाइल पनि बनाउने हो, उमेर ढल्कँदै जान्छ, सधैंभरी यत्तिकै वैशालु हुन्न भन्ने कुरा उनीहरुले सोच्नु पर्छ । नबुझ्ने त्यस्ता मान्छेहरु आफैं पछाडि पर्छन् । दोहोरीमा सटिक जवाफ दिनुपर्छ । माया प्रेमका कुराहरु हुन्छन् । ती पनि एकदमै क्षमतावान मान्छेले मात्रै गाउने हो । त्यो फोहोरी हुँदैन । १५ सेकेन्ड भित्रै अन्त्यानुप्रास मिलाएर सवालको जवाफ दिने भनेको चानेचुने कुरा होइन । सानो दिमागले त्यो भ्याउने कुरा पनि होइन । दोहोरीमा केही नबुझेका मान्छेहरु पनि छन् तिनीहरु आफैं फिल्टर हँुँदै जान्छन् ।
तपाईं लोक दोहोरी गीत प्रतिष्ठानको निवर्तमान अध्यक्ष पनि हुनुहन्छ, यसको उद्देश्य के हो ?
डुंगा चलाउनेहरुको डुंगा व्यवसायि संघ छ । कपाल काट्नेहरुको नाइ संघ छ । दोहोरी सञ्चालकहरुको दोहोरी व्यवसायि संघ गठन भएको छ । व्यक्तिगत रुपमा जाँदा खेरि कुनै अधिकारको लागि लड्नको लागि गाह्रो पर्ने हुँदा र सरकारको तर्फबाट कलाकारको लागि केहि नसोचिएको हुँदा संस्थागत रुपमा जानुपर्छ भनेर दोहोरी गीत प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठान भनेको जो पायो त्यहिले खोल्न पाउने होइन । यो प्रज्ञा प्रतिष्ठान जस्तै मान्यता प्राप्त प्रतिष्ठान हो । दोहोरी गीत प्रतिष्ठानका ५६ जिल्लामा जिल्ला कार्य समिति छन् । यसको गठनको कारण के हो भन्दा, कलाकारलाई परेका पिर मर्कालाई, कोहि बिरामी पर्ला त्यसको उपचार कसरी गर्ने ? समस्या पर्दा त्यसलाई सहयोग कसरी गर्ने ? यी सबै कारण तथा अघि भने जस्तो दोहोरी फोहोरी भयो भन्ने कुरा आयो यसलाई नियन्त्रण गर्नका लागि, सहि खालका दोहोरी राख्नका लागि, अलिकति सचेत हुनका लागि लगायत विभिन्न कारणले गर्दा प्रतिष्ठानको गठन गरिएको हो । संस्थागतरुपमा कसैको लोभमा लागेर होइन यो हामी कलाकार आ–आफैंले पैसा संकलन गरेर गठन गरेका हौं । अहिले त हामीसँग कलाकार कल्याणकारी कोष छ । त्यसबाट धेरै कलाकारलाई सहयोग ग¥यौं । पूर्ण गुरुङको किड्नी फेल भएको थियो उनलाई हामीले आर्थिक सहयोग गरेर बचायौं । गायक दिनेश रञ्जन उनकी श्रीमतिलाई त मेरै नेतृत्वकालमा ३ लाख रुपैयाँ हस्तान्तरण ग¥यौं । उनलाई बचाउन त सकिएन तर उपचार खर्च हामीले जुटाएका थियौं ।
लोक दोहोरी कलाकारहरु चुनावी कार्यक्रममा विभिन्न पार्टीहरुको पछाडि लागेको देखिन्छ यसमा तपाईंको धारणा के छ ?
राजनीतिबाट कोहि पनि अछुतो छैन । कलाकारहरु पनि आस्थाका आधारमा त्यसमा लागेका छन् । अब ठूला नेताहरुले पनि आफूलाई चाँहिदाका बेला मान्छे जम्मा गर्ने साधनका रुपमा प्रयोग गरिरहेका छन् । गर्नुपर्नेबेला सहयोग गरेकाक छैनन् । कलाकारलाई फाइदा चाहिँ केही पनि छैन । पहिलेपहिले गीत गाएर रोयल्टी पाइन्थ्यो अहिले त्यो पनि छैन । सिआरबिटी पिआरबिटीको रकम पनि कलाकारले पाउँदैनन्, कम्पनीले नै खान्छन् । जस्ले खेति गर्छ उसले प्रतिफल पाएको छैन ।
purushottam neupane 3कलाकारहरु राजनीतिक पार्टीका पछाडि लाग्नु के उनीहरुको बाध्यता हो ?
बाध्यता त होइन । तर त्यसरी नगाए हुन्थ्यो । राजनीतिक पार्टी भनेको ठूलो शक्ति हो । कतिपय कलाकारमा संस्थागत लोभ पनि देखिन्छ । दोहोरी गीत प्रतिष्ठानको हितको लागि, योजना आयोगबाट आधिकारिक बजेट पार्नको लागि लागेका त राम्रो हो । तर अहिले प्रतिष्ठान कै चुनावी माहोलमा यो फलाना पार्टीको यो अर्को पार्टीको भनेर लाग्ने, यो आयो भने घाटा हुन्छ, यो आयो भने नाफा हुन्छ भन्ने सोच ग¥यो भने राम्रो होइन । तर एउटा विचार जस्ले पनि बोक्न पाउँछ त्यसलाई ठूलो इश्यु बनाउनुपर्छ जस्तो मलाई लाग्दैन ।
लोक दोहोरी गीत कस्तो हुनुपर्छ जस्तो लाग्छ तपाईलाई ?
लोक दोहोरी गीत भनेको समाजको दर्पण हो । यसमा समाजका दुःख सुखका भोगाइहरु व्यक्त गर्नुपर्छ । सामाजिक गीत हुनुपर्छ भन्ने मलाई लाग्छ । मान्छेलाई भड्काउने खालका गीत हुनुहुँदैन । भर्खरका केटाकेटीहरु हाम्रा गीतहरुबाट प्रभावित हुन्छन् । समाजलाई नकारात्मक सन्देश जानेखालका गीत गाउनु हुँदैन ।
अब छिटै नै तीज आउँदै छ, तपाईले पनि तीजका गीत निकाल्दै हुनुहुन्छ कि ?
गीत संगीतको अवस्था राम्रो नभएको, संगीतमा गरेको लगानी बालुवामा पानी हालेजस्तो भएको हुनाले मैले अहिले एल्बम निकाल्ने मनस्थितिमा छैन ।
तीजका गीतमा पुरुषको स्वर दिने सुरुवात तपाईं र प्रजापति पराजुलीले गर्नुभएको थियो, अहिले विकृति आयो भन्नुभएको छ नि ?
हामीले तिजका गीत गाँउदा हामी सामाजिक रुपमा रहेर गाउने गरेका थियौं । समाजिक विकृति विसंगतिका गीतहरु गाउने गरेका थियौं । चेलिहरुका वेदनाका पोकाहरु फुकाउने प्रयाश गर्ने गरेका थियौं । तर अहिलेका तीजका गीतल सामाजिक विकृति निम्ताएको जस्तो लाग्छ । जस्तो माइत गएको चेलिलाई ‘भेट्न आउ है कालु’ भनेको यो सरासर विकृति हो । यस्ता खालका उट्पट्याङ गीतहरु गाउनु हुँदैन सामाजिक गीतहरु गाउनु पर्दछ । सामाजिक मान्यता विपरितका गीतहरुलाई मैले त्यति राम्रो मान्दिन ।
935157_776563102372208_154224212_nलोकदोहोरी क्षेत्रमा आउन चाहने नव कलाकारहरुलाई के भन्न चाहनुहुन्छ ?
यो क्षेत्रमा आउन चाहने नव कलाकारहरु त्यत्तिकै आउनु हुँदैन केही बुझेर जानेर आउन आग्रह गर्दछु ।
अन्तमा नेपालय पत्रिका मार्फत विदेशमा रहेका नेपालीहरुलार्इ के भन्न चाहनुहुन्छ की ?
विदेश भनेको चर्न जाने गाई जस्तो एउटा गोठबाट फुकाइ दिएको गाई बनमा चर्न जान्छ । मजाँसग चरेर अघाउँछ । त्यसपछि त्यही गोठ सम्झेर आउँछ । त्यस्तै नेपालमा शान्ति सुरक्षा नभएर, रोजगारका अवसर नभएर, लगायत अन्य विविध कारणले वाध्यता र विवशताले विदेशमा गए पनि विदेशमा रहनु भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई त्यहाँको सीपलाई नेपालमा ल्याएर प्रयोग गर्न आग्रह गर्दछु । साथै तपाईहरु जहाँ जसरी रहनु भएको छ नेपाली गीत संगीतलाई माया गरि दिनुहोस् भन्न चाहन्छु ।

eznepal-sidebar add

Rakshya Travel-sidebar