कास्की २ को उपनिर्वाचनमा रवीन्द्रकै धर्मपत्नीलाई उम्मेदवार बनाइने : दाहाल

पोखरा, फागुन २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की २ मा स्व. रवीन्द्र अधिकारीकै धर्मपत्नी विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाउने संकेत दिएका छन् ।

सोमबार पोखरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई भेटेपछि पत्रकारहरुसँग दाहालले कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराईलाई नै उम्मेदवार बनाउने बताएका हुन् ।

पार्टीमा औपचारिक छलफल नभएको भन्दै उनले सबैसँगको समन्वयमा उपयुक्त निर्णले लिने बताए । प्रचण्डले रवीन्द्रका परिवार पनि राजनीतिक भएकोले त्यही भित्रबाट उम्मेदवार बन्न सक्ने बताए ।