एनआरएन अमेरिकाको बोर्ड अफ डाईरेक्टर पदमा विश्व शाहको उम्मेदवारी घोषणा

एनआरएन अमेरिकाको बोर्ड अफ डाईरेक्टर पदमा न्युयोर्क निवासी विश्व शाहले उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएन अमेरिकाका पुर्व कार्यसमिति सल्लाहकार शाहले एक विज्ञाप्ती जारी गर्द्रे उम्मेदवारी घोषणा गरेका हुन् । लामो समयदेखि एनआरएन आन्दोलनमा सकृय विश्व शाहले जारी गरेको विज्ञप्ती

विज्ञाप्ती
मितिः मार्च १३, २०१९

आदरणीय एनआरएन अमेरिकाका सदस्यहरु,
साथै सम्पूर्ण अमेरिकाबासी नेपाली दिदीबहिनी एवं दाजुभाईहरुमा
नमस्कार ।

“नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ सन् २००३ सालमा स्थापित यस गैर आवासीय नेपाली संघ (एनआरएन) ले प्राप्त गरेको ख्याती, लोकप्रियता र गरिमा तपाई हामी जस्तै सदस्य र शुभचिन्तकहरुको निरन्तर साथ र ऐक्यबद्धताकै कारण हो भन्नुमा कुनै दुईमत छैन । संघ स्थापनाको उद्देश्य र यसले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिमा आज विश्वका बिभिन्न मूलुकहरुमा एनआरएनको राष्ट्रिय समन्वय परिषद (एनसिसी) स्थापना भई क्रियाशील हुनु देश भित्र र देश बाहिर रहेका आम नेपालीहरुकोे लागि अत्यन्त सुखद पक्ष हो ।

सन् २००६ सालमा स्थापित एनआरएन, अमेरिकाको स्थापनाकालदेखि नै मैले पनि संघको उद्देश्यप्राप्तिको लागि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सकरात्मक भूमिका खेल्दै आएको सबैमा पुनः स्मरण गराउन चाहन्छु । संघ स्थापना भएसँगै संघको नियमित एवं आकस्मिक कार्यसम्पादनमा मैले सकेको आर्थिक, नैतिक एवं सामाजिक सहयोग गर्दै आएकोछु । साथै आगामी दिनहरुमा पनि एनआरएनलाई सबैको साझा संस्था बनाउँनको लागि निरन्तर रुपमा लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु ।

कुनै पनि सामाजिक संघ/संगठनमा आवद्ध हुनु र यसको नेतृत्वदायी भूमिकामा रहनु भनेको नितान्त सेवाभावको कर्म हो । यद्यपी व्यवहारिक रुपमा एनआरएन अमेरिकाले यस सत्यलाई साबित गर्न सकेको छैन । नेतृत्वको लागि जाति, धर्म, क्षेत्र, पार्टीबीचको गुट उप-गुटले एनआरएन अमेरिकालाई स्थापनाकालदेखि नै अछुतो राख्न नसकेको तीतो यथार्थ हो । यसैको बिपक्षमा रहेर मैले पनि विगतका बर्षहरुमा संस्थाको बिभिन्न जिम्मेवार पदमा आफ्नो उमेदवारी दिएको थिए । फलतः मैले कुनै पनि पदमा जीत हासिल गर्न नसके पनि सम्मानजनक हार व्योहोर्नु परेको थियो ।

विगतमा मेरो उमेदवारी जाति, धर्म र पार्टी भन्दा माथिको एनआरएन निर्माणकै निम्ति रहेको थियो भने सोहि उद्देश्य र लक्ष्यलाई आत्मासात् गर्दै आगामी कार्यकाल (२०१९-२०२२) को लागि मैले बोर्ड अफ डाईरेक्टर पदमा उमेदवारी दिन लागेको यसै विज्ञाप्ती मार्फत यहाँहरु सबैमा जानकारी गराउँन चाहन्छु । मेरो उमेदवारी निःस्वार्थ सेवाभावको लागि हुने र यसबाट हुने कुनै पनि लाभ समाजकै श्रृबृद्धिको लागि रहने कुरा समेत यहाँहरुलाई विश्वस्त पार्न चाहन्छु ।

आशा छ यहाँहरुले मलाई विश्वासका साथ आगामी कार्यकालको लागि निर्वाचित गराउनु हुनेछ । अन्तमा यहाँहरुको सल्लाह, सुझाव र प्रतिक्रिया संगै अमुल्य मतको अपेक्षा राख्दछु ।

धन्यवाद
जय एनआरएन ।

विश्व शाह
बोर्ड अफ डाईरेक्टरका उमेदवार
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका
(२०१९–२०२१)

फोन नं. ९१७ ७७४ ७१९८
इमेलः b-shah68@gmail.com