गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म

नेपालय, न्युयोर्क ।

जो अध्यारोमा रुमलिएर कसैको सहारामा उज्यालो तिर लम्कने प्रयासमा छन जो बिहान बेलुका एक छाक खाना खान समेत नपाएर सडक सडक भौतारिरएका छन कपडाको नाममा एकसरो पनि लगाउन नपाएर त्यसै दिन कटाएर बेबारिसी बनेका छन तेस्ता बालबालिकहरुको बा आमा भनौ या संरक्षक बनेर आएका छन् कलाकार एवं समाजसेवी गम्बु शेर्पा ।

शिक्षाको लागि संगीत भन्ने नाराका साथ गायन यात्रामा निस्केका गायक गम्बु शेर्पाले दुई महिनामा ८ लाख ६७ हजार ८ सय २५ रुपैयाँ संकलन गरेको जनाएका छन् । उनले संकलन गरेको रकम  तिनै टुहुरा बालबालिकाको खानाबस्न र शिक्षाको लागि सहयोग गरेको गायक शेर्पाले बताएका छन् । गायक गम्बु शेर्पाले आइतबार ज्याक्सनहाइटमा पत्रकार सम्मेलन गरी नेपालका टुहुरा बालबालिकाको खानाबस्न र शिक्षाको लागि सहयोग गरेको  बताएका छन् ।

उनले दुई महिनाभित्रमा विभिन्न मुलुकका नेपालीबीच गीत प्रस्तुत गरी फर्केका छन् । उनले गत जुलाईको ८ शेर्पा किदुग युएइको आयोजनामा युएइमा, जुलाईको १५ मा शेर्पा संघ इजरायलको आयोजनामा, जुलाई १७ तारिख शेर्पा किदुग साइप्रासको आयोजनामा, जुलाई २३ शेर्पा किदुग बेल्जियमको आयोजना र अगस्ट ६ तारिख शेर्पा संघ बेलायतको आयोजनामा भएको थियो ।

ओखलढुङ्गा जिल्लामा जन्मेका गायक तथा समाजसेवी गम्बु शेर्पा बिगत १५ बर्ष देखि अमेरिकामा बस्दै आएका छन भने उनि फुड क्लोथ एजुकेशन डट ओ.आर.जी, थ्री जी साउण्ड इन्कका प्रेसिडेन्ट साथै नेपाल अमेरिकन आर्टिस्ट एसोसियसनका पूर्व प्रेसिडेन्ट सम्म रहेका छन ।

बिगत १५ बर्ष देखि गायन पेशालाइ अंगाल्दै आएका गम्बु शेर्पा एक राम्रो मनकारी बरिष्ट समाजसेवीमा अमेरिका तथा नेपालमा समेत चिर परिचित व्यक्ति हुन ।उनले बिगत देखि अहिले सम्म दिन दुखि पिडित अनाथ अपाङ्गलाइ मात्र नभएर कलाकारहरु लाइ पनि सहयोग गर्दै आएका छन भने उनले आफ्नो कमाईको केहि प्रतिशत समाजसेवाको लागि भनेर समेत छुट्टयाउने गरेका छन र उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि धेरै लगानी गर्दै आएका छन ।
14018059_10157220916375109_1002904198_n

गायक गम्बु शेर्पाले  जारी गरेको प्रेस बिज्ञप्ति

न्युयोर्क : सन् १९७७ मे २२ तारिख ओखलढुङ्गा जिल्लाको खिजीफलाँटे गाउँ विकास समिति वडा नं. ६ फेदीगाउँमा माता पशी शेर्पा र पिता सोनाम गेल्जे शेर्पाको कोखमा जन्म लिएको म गायक गम्बु शेर्पा विगत १८ बर्षदेखि नेपाली गीत/संगीत क्षेत्रमा निरन्तर लागि पर्दै आएको छु । सन् १९९८ सालदेखि नेपाली संगीत क्षेत्रमा क्रियाशिल रहदै हालसम्म १० वटा एकल र दुई वटा कलेक्सन गीति एल्बमहरु प्रकाशित गरिसकेको छु भने सय भन्दा बढि बिभिन्न गीतहरु आफ्नो आवाजमा रेकर्ड गराउने अवसर प्राप्त गरेकोछु ।
हाल म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा विगत १५ बर्षदेखि आफ्नो सपरिवार सहित बस्दै आएकोछु । अमेरिका बसाईको क्रममा आफ्नो नियमित कामसँगै नेपाली गीत संगीतलाई निरन्तरता दिदै संसारका बिभिन्न मूलुकहरुमा हुने सांस्कृतिक पर्व, चाड र अन्य विशेष अवसरहरुमा सांगीतिक कार्यक्रम गरेर उक्त कार्यक्रमबाट संकलित (शत्प्रतिशत) रकम म संलग्न फुडक्लोथ एजुकेसनका अनाथ बालबालिकाहरुको गाँस, बाँस र कपाससँगै शिक्षामा लगानी गर्दै आएको छु ।
सन् १९९८ देखि २०११ साल भित्रमा नेपाली गीत संगीत क्षेत्रबाट मैले संकलन गरेको १० लाख रुपैयाबाट शूरु भएको यस सामाजिक सेवाभावको कार्यमा हातेमालो गर्ने सामाजिक अभियन्ताहरु बढ्दै गएकाछन् भने संस्थामा आवद्ध बालबालिकाहरुको संख्या पनि बढ्दै गएको छ ।
फुडक्लोथ एजुकेसनकै सहयोगार्थ गत जुलाई ७ तारिख २०१६ देखि अगस्त ६, २०१६ सम्म “शिक्षाको लागि संगीत” भन्ने नारा लिएर विश्वका बिभिन्न मुलुकमा आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरेर हालसालै म आफ्नो कर्मभूमि न्युयोर्क, अमेरिका आईपुगेको छु । यस पटकको मेरो सांगीतिक यात्रामा संकलित शत्प्रतिशत रकम यसै फुडक्लोथ एजुकेसनमा रहेका अनाथ एवं टुहुरा बालबालिकाको बाँस, कपाससँगै शिक्षाको लागि खर्चिने प्रतिबद्धतासँगै कार्यक्रम र संकलित रकमको बारेमा विस्तृत जानकारी यसप्रकार रहेको छ ।
कार्यक्रम मिति देश आयोजक संस्था रकम
१) जुलाई ८, २०१६ युएई शेर्पा किदुग युएई रु. १,०६,५००
२) जुलाई १५, २०१६ ईजरायल शेर्पा संघ ईजरायल रु. २,१८,०५६
३) जुलाई १७, २०१६ साईप्रस शेर्पा किदुग साईप्रस रु. १,५०,०५३
४) जुलाई २३, २०१६ बेल्जियम शेर्पा किदुग बेल्जियम रु. १,८५,२५६
५) अगस्त ६, २०१६ बेलायत शेर्पा संघ बेलायत रु. २,०७,९६०
जम्मा रकम रु. ८लाख ६७ हजार ८ सय २५ रूपैया
यसैगरी गत बर्ष दक्षिण कोरियामा शेर्पा किदुग दक्षिण कोरियाको आयोजनामा ल्होसार कार्यक्रममा संकलित १ लाख, शेर्पा संघ बेलायत १ लाख, शेर्पा किदुग पोर्चुगल १ लाख २ हजार, जनजाति महासंघ क्यालीफोर्निया १ लाख र हिमालयन सांस्कृतिक केन्द्र, काठमाण्डौंको आयोजनामा (प्रज्ञा भवनमा आयोजित एकल साँझ) संकलित रकम मध्येबाट ५ लाख रुपैया गरी जम्मा ८ लाख २ हजार संस्थाको सहयोगार्थ हस्ताण्तरण गरिसकिएको व्याहोरा समेत जानकारी गराउदछु । स्मरण रहोस् प्रज्ञा भवनमा आयोजित मेरो एकल सांगीतिक कार्यक्रमबाट संकलित रकम मध्येबाट १० लाख रुपैया बरिष्ठ हाँस्य कलाकारको नाममा “साम्दे शेर्पा राष्ट्रिय पुरस्कार”को स्थापना गरि हरेक बर्ष राष्ट्रियस्तरका हाँस्य कलाकारहरुलाई प्रदान गर्दै आएको छ । gambho1
हाल संस्थाको संस्थापक सदस्यमा म स्वयम् गम्बु शेर्पा (न्युयोर्क), कृष्ण सुनुवार (आइटी बिज्ञ (कम्प्युटर), समाजसेवी ठिल्ले शेर्पा, शेर्पीनी कान्छी (इजरायल), आङ डेण्डी शेर्पा (दक्षिण कोरिया), दा नुरी शेर्पा (दक्षिण कोरिया) र दावा शेर्पा ह्योल्मो (न्युयोर्क) रहेकाछौं । यससँगै संस्थामा आबद्धताको लागि निश्चित् रकमको आधारमा बोर्ड अफ ट्रष्टी (१ लख रुपैया), लाईफ मेम्बर (५० हजार रुपैया) कायम गरिएको छ भने साधारण सदस्यको लागि भने कुनै शूल्क राखिएको छैन ।
फुडक्लोथ एजुकेसन स्थापना र उद्देश्य
गीत संगीतमा पूर्णकालिन व्यावसायिक रुपमा नलागे तापनि नेपाली गीत संगीतको श्रृबृद्धिको लागि र गीत संगीतबाट आर्जेको आय आर्जनले अनाथ र टुहूरा बालबालिकाको आधारभूत आवश्यकतालाई पूर्ति गर्दै आएको छु । संस्था स्थापनाको मूल उद्देश्य भन्नु नै देशको ग्रामीण भेगमा रहेका अनाथ तथा टुहूरा बालबालिकाहरुको आधारभूत आवश्यकता पूरा गर्दै उनीहरुको उचित शिक्षा दिक्षा दिएर उनीहरुको उज्यालो भविष्य निमार्णमा सहयोग गर्नु हो ।
अन्तमा संस्थाको उद्देश्य प्राप्तिको लागि मैले जुन रुपमा आफ्नो क्षेत्रबाट सहयोग गर्न सके त्यसलाई आम सञ्चारकर्मी साथीहरुले प्रमुखताका साथ प्रकासन एवं प्रशारण गर्दै आउनु भएकोमा हृदयबाट धन्यबाद व्यक्त गर्न चाहन्छु । यसैगरी प्रतिकुल समयको बाबजुद पनि बिभिन्न समयमा कार्यक्रम आयोजना गर्ने बिभिन्न देशका संघ/संस्था एवं प्रतिनिधीहरु प्रति कृतज्ञ छु । साथै आगामी दिनहरुमा पनि यहाँहरुको यस्तै सकारात्मक एवं रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।13989606_10157220916775109_2048859571_n

गम्बु शेर्पा
न्युयोर्क
अगस्त १४, २०१६

eznepal-sidebar add

Rakshya Travel-sidebar