टी–२० विश्वकप क्रिकेटको एशिया छनोट : नेपालले कहिले कोसँग खेल्ने ? यस्तो छ खेलतालिका

चैत ६, काठमाडौं । सिंगापुरमा हुने अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका बुधवार सार्वजनिक भएको छ । आईसीसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिंगापुरमा हुने भएको हो ।

एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ । त्यस्तै दोस्रो खेलमा मलेशियासँग साउन ९, कुबेतसँग साउन ११ र सिंगापुरसँग साउन १२ गते खेल्नेछ ।

एशिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट आगामी असोज १४ देखि कात्तिक १७ गतेसम्म यूएईमा आयोजना हुनेछ । रासस