‘केहि गर्न सकु’

रजनी मल्ल ,

 

मानिस बनेर आए यो लोकमा

मानवताको अर्थलाई बुझ्न सकु

नाटक रुपी यो संसारमा

जीवनको अर्थलाई पहिल्याउन सकु

नजानेर पनि कसैलाई चोट दुख दिन नपरु

सबै प्राणीहरु माथि समान दृष्टीले हेर्न सकु

आउञ्छ्न बाधा अनि दुख पीडाहरु

धैर्यपुर्बक सम्हाल्न सकु

आउञ्छ्न सुख अनि खुशीका क्षणहरु

नम्रतापूर्बक अपनाउन सकु

सक्दो सहयोग र माया बादी

सन्तोषको सास फेर्न सकु

अन्यायको बिरुद्धमा होइन प्रतिध्वनी

आवाज बनेर उठ्न सकु।

न्यु जर्शी, अमेरिका