सदस्यको भावना बुझेर काम गर्ने छु : अध्यक्षको उम्मेदवार सुनील साह एनआरएन् अमेरिका

सुनील साह टेक्ससको डालस सहरमा बसोबास गर्दे आएका छन् । अमेरिकामा बस्ने नेपाली समुदायसँग निकै हिमचिम राख्छन् । एनआरएनको वरिष्ठ उपाध्यक्षका हैसियतले नेतृत्वलाई सहयोग गर्ने काममा सुनील सक्रिय रहँदै आएका छन् । । सङ्गठन विस्तारमा पनि उनले योगदान गरेका छन् । एनआरएन संस्था किन चाहिन्छ भनेर ठाउँठाउँका नेपालीलाई बुझाउँछन् । । केवल करियरलाई सँगसँगै सामाजिक क्षेत्रमा सक्रिय बनिरहने साह मूल नेतृत्वमा पुगेर समस्या समाधानमा लाग्ने उनको अठोट छ । नेपालमा पनि योगदान गर्ने र त्यसका लागि वातावरण बनाउन पनि एनआरएन अमेरिकाको लागी अध्यक्षको उम्मेदवारी दिएको बताउँछन् । उनै साहसगं नेपालयले गरेको कुराकानी

एनआरएन अमेरिका अहिले कुन अवस्थामा रहेको छ ?

एनआरएन अमेरिका २०११ देखि सक्रिय रूपमा काम गरिरहेको संस्था हो । अहिले राम्रो अवस्थामा रहेको छ । यसले अमेरिका लगायत नेपालमा पनि राम्रो काम गरिरहेको छ ।

तपाईँ एनआरएन अमेरिकाको वरीष्ठ उपाध्यक्ष हुँदा कस्तो भूमिका रह्यो ?
मुख्य त वरिष्ठउपाध्यक्षको काम भनेको अध्यक्षलाई संयोग गर्ने हो । एनआरएन अमेरिकाको वरिष्ठ उपाध्यक्ष भए पछि अमेरिकाको विभिन्न राज्यहरूमा गएर एनआरएन कमिटी भित्र गएर यो संस्था किन हो, हामीलाई किन यो संस्था चाहिन्छ, नेपाल बाट हामी यहाँ आएपछि यो संस्थाले के गर्न सक्छ जस्ता संस्थाको बारेमा अमेरिकाका विभिन्न ठाउँमा जानकारी दिँदै गए संस्थागत विकास हो । अहिले अमेरिकाका विभिन्न सहरहरूमा एनआरएनको सदस्यता विस्तार हुँदै गइरहेको छ ।

तपाईँ वरिष्ठ उपाध्यक्ष हुँदा गरेका प्रतिबद्धताहरू कति पुरा गर्नुभयो ?

विशेष गरी मैले दुई वर्षको अनुभवले एनआरएनएलाई थप संस्थागत विकास र पारदर्शी बनाउन मैले भूमिका खेले । अध्यक्षले ल्याएका कार्यक्रमहरुलाई हामीले साथ र सहयोग गर्ने हो तर म वरिष्ठ उपाध्यक्ष हुँदा मैले खासै त्यस्तो प्रतिबद्धता नगरे ता पनि त्यति वेला मैले के भनेको थिए संस्थामा आईसकेपछि सबै कुरा पारदर्शी तथा सबै सूचनाहरू आम सदस्यहरूलाई जानकारी दिने काम भएकै छ । त्यही अनुसार संस्था चलेको छ ।

तपाईँले एनआरएन अमेरिकाको आगामी कार्यकालको लागी अध्यक्षमा उम्मेदवारी दिनु भएको छ के छन् तपाईका प्रतिबद्धताहरू ?

अध्यक्षमा निर्वाचित भएपछि मैले प्रवासी नेपालीहरूका लागी गर्न सक्ने दर्जन भन्दा बढी कामहरू रहेका छन् । ती सबै कुराहरू यहाँ भनेर पनि सकिँदैन होला तर मेरो पहिलो प्राथमिकता भनेको वर्तमान कार्यसमितिले सुरुवात गरेका राम्रा कामहरूलाई निरन्तरता दिने हो । अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गरी विभिन्न कार्यक्रम, नेपालीहरूमा देखिने अध्यागमन समस्या समाधानका लागी पहल, अमेरिकामा रहेका नेपाली सङ्घ संस्थाहरू सँगको सहकार्य सँगै नेपाली सामुदायिक केन्द्रहरू स्थापनाका लागी पनि आफूले योजना बनाएर अघि बढ्ने मेरो प्रतिबद्धता रहेको छ । दोहोरो नागरिकता लगायतका विषयमा भइरहेका पहललाई आफूले थप जोड दिने छु ।

यदि तपाइले चुनाव जित्नु भयो भने प्रत्यक्ष प्रभाव पार्ने महत्त्वपूर्ण कुनै योजना छ की ?

मुख्य कुरा भनेको हाम्रो लागी परिचय नै ठुलो कुरा हो त्यो भनेको दोहोरो नागरिकता हो भने अर्को मुख्य कुरा भनेको अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू नै हो । तर कामहरू गर्दे जाँदा सबै कामहरू महत्त्वपूर्ण नै हुन्छन् ।

तपाईँले चुनाव जित्ने आधारहरू के के छन् ?

म विशेष गरी काममा विश्वास गर्ने मान्छे हो । जुन मैले वरिष्ठ उपाध्यक्ष हुँदा गरेका कामहरू तपाइहरू सबैले देख्नुभएको नै छ । हिजो सदस्यता विवाद आउँदा मैले सुधार गर्नको लागी विभिन्न प्रयासहरू गरेको छु । त्यसकै परिणाम स्वरूप सुधार पनि भएको छ । आफ्नो योग्यताले मुखले होइन कामले गरेर देखाउने छु । यसमा सबै एनआरएन अमेरिकाका सदस्यहरूले मलाई अध्यक्षमा विजयी बनाएर काम गर्ने अवसर दिनुहुने छ ।

२०२० मा अमेरिकामा हुन गइरहेको जनगणमा नेपालीहरूलाई सहभागी गराउन तपाईँको भूमिका कस्तो हुने छ ?

मेरो योजना भनेको त्यसको लागी छुटै फोकस गरेर एउटा समिति निर्माण गर्ने र हाम्रो संस्थाबाट पनि विभिन्न व्यक्तिहरू परिचालन गरेर कोही नेपालीहरू जनगणनामा नछुटुन भनेर विभिन्न ठाँउहरुमा कार्यक्रमहरू गर्ने योजना रहेको छ ।

एनआरएन अमेरिकामा तपाईँले जित्नुभयो भने के के सुधारहरू गर्नुहुन्छ ?

सुधारहरू त मैले अघि भनिसके मेरा प्रतिबद्धताहरूमा पनि मैले काम गर्दा सदस्यहरूको माझमा गएर के गर्दा ठिक हुन्छ उनीहरूको भावना बुझेर काम गर्छु । साथै हिजो भएका समस्याहरूलाई सुधार गर्दे संस्थालाई पनि अगाडि लिएर जान्छु ।

एनआरएनप्रति अनुभव भएका पूर्व प्रतिनिधिहरूलाई एनआरएन भित्र समावेश गराउन तपाइको भूमिका कस्तो हुने छ ?

उहाँहरू भनेको हाम्रो यस संस्थाको संरक्षक हो उहाँहरूको सल्लाह अनुसार नै संस्थालाई अगाडी वढाउछु ।