मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार

मेरो जन्म दार्चुला जिल्लामा भयो । त्यति वेला पञ्चायती व्यवस्था थियो । कांग्रेसका मान्छेलाई अराष्ट्रिय तत्व भन्थे । बुवा कांग्रेसको नेता हुनुहुन्थ्यो । म ६ महिनाको हुँदा हामीले देश छोड्नु प¥यो । भारतमा शरणार्थी भएर बस्यौं ।
बुवा रामचन्द्र हमाल क्रान्तिकारी विचारधाराको हुनुहुन्थ्यो । सामाजिक काममा सक्रिय हुनुहुन्थ्यो । बुवाले ०१५÷१६ तिरै स्कुल खोल्नुभएको थियो । उहाँ पञ्चायतको तारो बन्नुभएको थियो । उहाँलाई मार्न खोजेकाले हामी भागेर भारत गयौं । पछि पञ्चायत विरुद्धको आन्दोलनमा लाग्नुभयो । २०२६ सालमा आम माफि भएपछि हामी नेपाल फर्कियौं । हाम्रो बाल्यकालको शिक्षा भारतमै भयो ।
बुवा विकासप्रेमी हुनुहुन्थ्यो । विकासका थुप्रै कामहरु गर्नुभयो । विकासकै कामका सिलसिलामा ०३० सालमा काठमाडौं जाँदा भूगोलपार्कमा भाषण गर्नुभयो । त्यसैक्रममा उहाँलाई समातेर सेन्टर जेलमा राखि मारियो । आफ्नो स्वार्थभन्दा माथि उठेर समाज हितमा लाग्नुहुन्थ्यो ।
बुवाकै समर्पणको भावबाट प्रभावित भएर म पनि राजनीतिमा लागें । नेविसंघको विद्यार्थी राजनीति गरें । सानै उमेरमा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेतालाई चिन्ने अवसर पाएँ । ९ वर्षकै उमेरमा सुवर्णशम्सेरलाई भेट्न पाएको थिएँ ।
बुवासँग म निकै नजिक थिएँ । मेरो माइलो दाइ पनि क्रान्तिकारी हुनुहुन्थ्यो ।

नेपाली कांग्रेस दार्चुला जिल्लाको अधिवेशनको क्रममा  शेरबहादुर देउवा प्रतिनिधीको रुपमा आउदा त्यो बेलामा म उपसभापति थिए ।

मैले आफैले कम्युनिटी सोसाइटी डेभलपमेन्ट नामको एनजिओ खोलेको थिएँ । त्यस अन्तर्गत दार्चुलामा पौढ शिक्षा, वृक्षरोपण गर्ने, गाउँलेहरुलाई सहयोग गर्ने, सरसफाइ सम्बन्धी जनचेतना जगाउने लगायतका काम गरेका थियौं । मैले कानुन पढेको हुँ । गाउँ–गाउँमा निःशुल्क कानुनी सेवा दिने काम पनि गरें ।
जिल्ला विकास समितिमा निर्वाचित सदस्य पनि थिएँ । जिल्लाको राजनीति गरें ।
२०५३ सालमा म अमेरिका आएको हुँ । युएनडिपीले हाम्रो एनजिओलाई उनीहरुको एउटा कार्यक्रममा छनोट गरेर बोलायो । म एनजिओको अध्यक्षको हैसियतले आफ्नै खर्चमा यहाँ आएँ । त्यहि दौरानमा उच्च शिक्षाको लागि म यहाँ बसें । यहाँ आएर कानुनमा मास्टर्स गरें । पछि परिवारलाई ल्याएँ । छोराले पनि पढाई राम्रो ग¥यो ।
अमेरिकामा एलाएन्स फर डेमोक्रेसीमा सदस्य भएर काम गरें । अरु संस्थाहरुसँग हालेमालो गर्दै काम गरें । अधिकार लगायतका सस्ंथासँग भोलिन्टिएर भएर काम गरें । एनएआरएनमा सन् २०१५ मा बोर्ड मेम्बर भएँ । मेरो काम पनि स्वास्थ्यसँग सम्बन्धित काम भएकोले त्यसमा पनि काम गरें । आफूलाई जानकारी भएका कुराहरु बताइदिने काम गर्छु । कसैलाई ट्रान्सलेसन गर्नुप¥यो भने त्यो गरिदिने काम पनि गर्छु ।

मैले एनआरएन अमेरिकाको उपाध्यक्षमा उम्मेदवारी दिएको छु । हामी अमेरिका आउँदा थोरै नेपाली थिए । म आउँदा यहाँ मलाई धेरै सहयोग पाएँ । खगेन्द्र जिसी, गिरिजा गौतम, केशव सेढाईं, रमेश ढुंगेल, विजय सिग्देल, प्रकाश कोइराला, सोहिल आचार्य, त्यति बेलाका नेपालका राजदूत नरेन्द्रविक्रम शााह लगायतले मलाई धेरै सहयोग गर्नुभयो । तैपनि संगठनात्मक रुपमा सहयोग गर्ने, त्यो किसिमको नेटवर्क थिएन ।

अहिले सहयोग गर्ने धेरै संस्थाहरु छन् । समस्यामा परेका मान्छेहरुले सहयोग गर्नुपर्छ भनेर म पनि एनआरएनसँग आवद्ध भएँ ।
एनआरएनको उठाएको ‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने अभियान मलाई एकदमै मन प¥यो । अर्को कुरा यहाँको लगानी नेपालमा गर्नुपर्छ । यहाँ सिकेको सीप नेपालमा लगाउनुपर्छ । त्यसको लागि नेपालमा त्यस्तो वातावरण निर्माण हुुनुपर्छ । नेपालीको आवाज अमेरिकामा बलियो बनाउनु प¥यो । एनआरएनले नेपालीलाई आपत पर्दा जुन सहयोग ग¥यो त्यसले मलाई प्रभावित बनायो । त्यसकारण पनि म यसमा लागें ।
मेरो उद्देश्य सेवा नै हो । नेपालीहरुको हित कसरी हुन्छ भन्ने नै मेरो सोच हुन्छ । अमेरिकामा नेपालीहरुलाई के गर्दा फाइदा हुन्छ भन्ने मेरो सोच हो ।
मेरो व्यक्तिगत सोच भनेको नेपाल फर्किएर सामाजिक सेवामा लाग्ने छ । समाजको लागि योगदान गर्न चाहन्छु । मेरो परिवारको पनि यसमा मलाई सहयोग छ । छोराको पनि सहयोगी भाव छ उसले पनि मलाई सहयोग गर्छ ।

eznepal-sidebar add

Rakshya Travel-sidebar