पोखरा सेरोफेरो


होटलबाट ८ जुवाडे पक्राउ ४ असार २०७७, बिहीबार १७:०१

पोखरा ६ लेकसाइड गौरीघाटस्थित १ होटलबाट बुधबार ८ जुवाडेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । होटल सेन्टर लेकको तल्लो तलामा जुवा खेलिरहेको अवस्थामा साँझ ५ बजे उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए..

पुरा पढ्नुहोस »

पोखरा महानगरको न्यायिक इजलास बुधबारबाट सुचारु हुने २ असार २०७७, मंगलवार १२:४६

पोखरा २ असार । पोखरा महानगरपालिकाको न्यायिक समितिले सेवालाई निरन्तरता दिने भएको छ । सरकारले गत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि न्यायिक समितिले अनलाइन मार्फत उजुरी दर्ता गर्नै ब्यवस्था गरेको थियो । लकडाउनका कारण सर्वसाधारण घरबाट बाहिर निस्कन नपाउने अवस्था..

पुरा पढ्नुहोस »

गण्डकी प्रदेशको बजेटको पूर्ण पाठ १ असार २०७७, सोमबार १३:३८

अर्थमन्त्री किरण गुरुङले आज सोमबार प्रदेश सभामा प्रस्तुत गरेको आगामी वर्ष २०७७/७८ को बजेटको पूर्ण पाठ । माननीय सभामुख महोदय, विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिका बीच गण्डकी प्रदेश सरकारको तर्फबाट म यस गरिमामय सभा समक्ष आर्थिक वर्ष..

पुरा पढ्नुहोस »

पर्वतमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ४ बेपत्ता ३२ जेष्ठ २०७७, आईतवार १७:२९

पर्वत । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा शनिबार बेलुका भीषण वर्षासँगै आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोमा चारजना बेपत्ता भएको प्रहरीले जनाएको छ । शनिबार बेलुका मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएर ५८ वर्षीय तुलबहादुर..

पुरा पढ्नुहोस »

दस अर्बको हिसाब माग्दै पोखरामा नागरिक प्रदर्शन २९ जेष्ठ २०७७, बिहीबार १०:५२

कृष्णमणि बराल, पोखरा : पोखरामा कोभिड–१९ नेपाल, इनफ इज इनफ ग्रुपको आयोजनामा बिहीबार भएको प्रदर्शनमा सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गरेका प्रयास असफल भएको बताएका छन् । सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त..

पुरा पढ्नुहोस »

पोखरा महानगरको बजेट बनाउन दल र सांसदसँग छलफल २८ जेष्ठ २०७७, बुधबार १२:०९

पोखरा, २८ जेठ पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७÷०७८ को बजेट र कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनको रणनीति बारे कास्कीका राजनीतिक दल र कास्कीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको..

पुरा पढ्नुहोस »

शहिद क्षेत्रबहादुर केसीको स्मृतिमा विपन्नलाई खाद्यान्न सहयोग २७ जेष्ठ २०७७, मंगलवार १०:३९

पोखरा, २७ जेठ । शहिद क्षेत्रबहादुर केसीको सम्झनामा उनको परिवारसँगै उनकै नाममा स्थापित प्रतिष्ठानले विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । लकडाउनको मारका कारण अभावमा बाँचिरहेका दैनिक ज्यालादारी गर्ने ४० परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।     ‘आज..

पुरा पढ्नुहोस »

पोखरामा मृत्यु भएका कोरोना सक्रमितको शव व्यवथापन गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप २६ जेष्ठ २०७७, सोमबार १८:१६

केशव पाठक पोखरा । कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएका व्यक्तिको शव व्यवथापन गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा गएराति ११ :३० बजे मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय व्यक्तिको शव ३ घण्टा लगाएर व्यवस्थापन गरिएको हो..

पुरा पढ्नुहोस »

लकडाउनमा सोभित बस्यालको समय सान्दर्भिक गीत ‘खुशी फर्काइदेउन’ (भिडियो) २० जेष्ठ २०७७, मंगलवार ०९:५५

पोखरा । कोरोना महामारीका कारण नेपाल हाल लकडाउनमा छ । लकडाउनका समयमा गायकहरु सामाजिक सन्देशमुलक गीत सार्वजनिक गरिरहेका छन् । लकडाउनले क्रियटिभ बनाइरहेको छ । सँगीत साधना देखि गीतसँगीत रचनामा उनीहरु आफुलाई व्यस्त बनाइरहेका छन् । केही पुराना गाएकहरुको समेत..

पुरा पढ्नुहोस »