समाचार सेरोफेरो


गगन थापाले भने – ‘भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ’ २ भाद्र २०७४, शुक्रबार ०५:५५

शुक्रबार, भाद्र ०२, काठमाण्डाै । नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबान समस्या समाधान गर्न सबै दल एक ठाउँमा उभिुनपर्ने बताएका छन् । बाग्लुङ उद्योग बाणिज्य संघ अन्र्तगत महिला उद्यमी विकास समितको आयोजना गरेको दोस्रो दिन तीज महोत्सव बिहीबार उद्घटन गर्दै..

पुरा पढ्नुहोस »

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने १ भाद्र २०७४, बिहीबार १५:२१

काठमाडौं, भदौ १ – प्रमुख तीन दल र निर्वाचन आयोगबीच प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनाव मंसिर ४ गते गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र तथा निर्वाचन आयोगबीच भएको छलफलमा प्रदेशसभा र..

पुरा पढ्नुहोस »

प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन, नगद सहयोग वितरण १ भाद्र २०७४, बिहीबार १५:१६

नेपालगञ्ज, भदौ १ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गर्नु भएको छ । जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा..

पुरा पढ्नुहोस »

राष्ट्रपति भण्डारीसँग उपप्रधानमन्त्री वाङको शिष्टाचार भेट ३२ श्रावण २०७४, बुधबार १५:१३

काठमाडौं, साउन ३२ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषदका उपप्रधानमन्त्री वाङ याङले बुधबार अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरे । त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ..

पुरा पढ्नुहोस »

अमेरिकी र नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर ३१ श्रावण २०७४, मंगलवार १५:४५

श्रावण ३१, आहाले (गोरखा) । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका–८ आहालेको सरस्वती माध्यमिक विद्यालय परिसरमा मंगलबारदेखि पाँचदिने निःशुल्क स्वास्थ्य शिविर सुरू भएको छ । ‘गोरखा भूकम्प’बाट प्रभावित गोरखावासीलाई निःशुल्क स्वास्थ्य सेवा..

पुरा पढ्नुहोस »

२३औं दिनमा डा. गोविन्द केसीद्वारा अनशन स्थगित ३१ श्रावण २०७४, मंगलवार १५:१९

काठमाडौं, साउन ३१ । चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग गर्दै विगत २३ दिनदेखि आमरण अनशनमा बसेका प्रा. डा. गोविन्द केसीले मंगलबार साँझ अनशन स्थगित गरेका छन् । बाढी–पहिरोले देशलाई ठूलो विपत्तिमा पुर्‍याएको भन्दै डा. केसीले अनशन स्थगित गरेका हुन् । मंगलबार..

पुरा पढ्नुहोस »

राष्ट्र ठुलो विपतिमा परेको छ सबैले सहयोग गर्नुपर्छ ः शिक्षा मन्त्री श्रेष्ठ ३१ श्रावण २०७४, मंगलवार १५:१३

३१ साउन पोखरा । उप प्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सम्पुर्ण पोखरा वासी तथा तमु जातीलाई वाढि पहिरोको चपेटामा परेको राज्यको जनतालाई समवेदना प्रकट गर्दै सबै नेपाली मिलेर राहत तथा उद्धार कार्यमा लाग्न आग्रह गरेका छन । पोखरालेखनाथ महानगरपालिका तमु धिं..

पुरा पढ्नुहोस »

लायन्स डिष्ट्रिक्ट ३२५ बि १ को राहत संकलन अभियानमा मंगलबारसम्म २० लाख रुपैयाँ संकलन ३१ श्रावण २०७४, मंगलवार १५:०६

पोखरा, ३१ साउन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालले बाढी पहिरो पीडितको सहयोगका लागि राहत संकलन अभियान सञ्चालन गरेको छ । डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले तत्काल राहतका लागि कोचिफ एडभाइजर चन्द्रकुमार केसीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएर..

पुरा पढ्नुहोस »

एमालेबाट ‘प्राकृतिक विपत्ति कोष’ स्थापित ३० श्रावण २०७४, सोमबार १६:१९

काठमाडौँ, साउन ३० गते । नेकपा (एमाले) ले बाढी पहिरोपीडितलाई राहत तथा सहयोग उपलब्ध गराउन ‘प्राकृतिक विपत्ति राहत कोष’ स्थापना गर्ने निर्णय गरेको छ । एमाले केन्द्रीय सचिवालयको आजको बैठकले कृषि विकास बैंक, कालीमाटी शाखामा रहेको ०२१०३००७१७९१७ खाता नं मा रकम संकलन..

पुरा पढ्नुहोस »