‘हनुमान चालिसा’ अब नेपाली र अङ्ग्रेजीमा
By Manohari Paudel
५ बैशाख २०७४, मंगलवार १५:३५

काठमाडौँ, वैशाख ५ गते । नेपालीले विरता र बहादुरीको कृतिका रुपमा अध्ययन गर्ने गरेको ‘हनुमान चालिसा’लाई अब अङ्ग्रेजी भाषामा समेत रुपान्तरण गरिएको छ ।
लेखक महेश्वर खनालले हनुमान चालिसालाई अङ्ग्रेजी, नेपाली र नेपाली लोक(झ्याउरे) लयमा रुपान्तरण गर्नुभएको हो ।
हनुमान चालिसा पाठ गर्दा त्यसले सकारात्मक सन्देश दिने र दिनभर स्फूर्ति बढ्ने भएकाले संस्कृत भाषामा लेखिएको हनुमान चालिसालाई अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्यका साथ आफूले सानो प्रयास गरेको उहाँले बताउनुभयो ।
आम नेपालीले पनि सहज रुपमा बुझ्न र पढ्न सकुन् भन्ने उद्देश्यले आफूले तीनवटै भाषामा रुपान्तरण गरेको लेखक खनालको भनाइ छ । कुल ५६ पेजको उक्त कृतिलाई सजिता पराजुलीले प्रकाशन गर्नुभएको हो ।
पुस्तकले आमनागरिकलाई हनुमान चालिसा पढाउने लक्ष्यका साथ खनालले गर्नुभएको प्रयास सकारात्मक रहेको लेखक एवम् विद्वान् रामबाबु खनालको भनाइ छ ।
राजनीतिक विश्लेषक मुमाराम खनालले हालै लोकार्पण गर्नुभएको थियो । रासस
सम्बन्धित शीर्षकहरु

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण ८ माघ २०७७, बिहीबार १५:३६

मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो ६ माघ २०७७, मंगलवार १५:२९

कोरोना संक्रमणको १३ महिना, विश्वभर मृतकको संख्या २० लाख नाघ्यो ३ माघ २०७७, शनिबार १४:१८

पाकिस्तानी विमान मलेसियाको कब्जामा ! २ माघ २०७७, शुक्रबार १४:४०

नेपालमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुने २ माघ २०७७, शुक्रबार १४:३२

चीनमा पुन: ११५ जना कोरोनाका नयाँ संक्रमित भेटिए २९ पुष २०७७, बुधबार १५:०५

भारत सरकारद्वारा दश लाख मात्रा खोप हस्तान्तरण
८ माघ २०७७, बिहीबार १५:३६
राष्ट्रपति बाइडेनले ट्रम्पका के-के निर्णय उल्टाए ?
८ माघ २०७७, बिहीबार १५:३३
अमेरिकामा डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड
८ माघ २०७७, बिहीबार १५:३०
कास्की घर भएकी सीता परियार नेपालकै पहिलो दलित महिला एलडीओ
१४ पुष २०७३, बिहीबार १४:३४
घरमा बसेर सगरमाथा पुग्न सकिँदैन – आचार्य
११ पुष २०७३, सोमबार १४:५३
मेरो उद्देश्य सेवा नै हो – हरिशचन्द्र हमाल, एनआरएन अमेरिकाका उपाध्यक्षका उम्मेदवार
१० फाल्गुन २०७३, मंगलवार १५:५५
लोक गीत समाजको दर्पण हो – पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक
२१ असार २०७३, मंगलवार १५:४१
गायक गम्बु शेर्पा गायन देखि समाजसेवा सम्म
३२ श्रावण २०७३, मंगलवार १६:२१अमेरिका सेरोफेरो
सबै
राष्ट्रपति बाइडेनले ट्रम्पका के-के निर्णय उल्टाए ? ५ बैशाख २०७४, मंगलवार १५:३५
वासिंटन : अमेरिकी राष्ट्रपति जो बाइडेनले..

अमेरिकामा डेमोक्रेटिक पार्टीको कार्यालयमा तोडफोड ५ बैशाख २०७४, मंगलवार १५:३५
