मैँरिमो न्युयोर्कमा प्रर्दशन हुने

न्युयोर्क निवासी प्रेम गुरुङ्ग तथा सपना गुरुङ्ग को लगानीमा गरुङ्ग भाषा तथा सस्कृतीमा आधारित मैंरिमो (मिस यु ) यही आउदो मे ६ तारिकाको दिन न्युयोर्कको गुल्सन ट्रेस (ढाका क्लब)मा आइतबारका दिन ठिक १ बजे प्रर्दशन हुने भएको छ ।
भोज बहादुर गुरुङ्ग द्धरा निर्देशित सो फिल्म लाई मुनाल फिल्म प्रोडक्शन प्रा ली द्धरा निर्माण गरिएको थियो । गुरुङ्ग भाषाका दर्जानौ फिल्म निर्देशन गरेका भोज बहादुर सफल निर्देशकको रुपमा परिचित छन् ।
बिशेषगरी लमजुङ्गमा छायाँङ्कन गरिएको सो चलचित्रमा प्रेम गुरुङ्ग, सपना गुरुङ्ग, सोनु गुरुङ्ग , गमन घले लगायतका कलाकारहरुको अभिनय रहेको छ । सामाजिक कथाबस्तुमा रहेर निर्माण गरिएको मैरिमो मा गुरुङ कवि केयरसिंह गुरुङको कथा रहेको उक्त फिल्ममा पटकथा र संवाद रोशन गुरुङले लेखेका छन्